शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

महिलामा हुनुपर्ने ३२ गुण यी हुन् !

आइतवार , भाद्र २८, २०७७

धर्म शास्त्र अनुसार कुनै युवतीलाई ३२ गुणले युक्त भएको मानिनु भनेको ऊ पूर्ण रुपमा उत्कृष्ट हुनु भन्ने बुझिन्छ । सामाजिक रुपमा पनि ३२ गुणले युक्त भएको या नभएको भन्दै युवतीको तुलना गर्ने चलन छ ।

विवाहका बेला वर र वधुको चिना मिलाउँदा पनि युवतीको गुणलाई महत्त्व दिइएको पाइन्छ । ३२ गुणले युक्त भएकी नारीलाई सर्वश्रेष्ठ मानिन्छ । हिन्दू शास्त्रले कस्ता युवतीलाई ३२ गुणले युक्त भनेको छ त ?

यी हुन् महिलामा खोजिने ३२ गुणः

– गु-प्ताङगहरु गुप्त रहनु ।

– सम्पुर्ण शरीर तेजोमय हुनु ।

– शंख समान घाँटी हुनु ।

– सोझो र सिंहको जस्तो चिउँडो हुनु ।

– ३२ वटा दाँत हुनु ।

– चम्किला र टमक्क जोडिएका दाँत हुनु ।

– समान मिलेका दाँत हुनु ।

– बङ्गारा स्वच्छ र सुन्दर हुनु ।

– कुरा (बाचा)मा अडिक रहनु ।

– आँखीभौँका बीच रौँका कोमल र सूक्ष्म रेखा हुनु ।

– मिलेको कपाल हुनु ।

– अल्छी नहुनु ।

– पद्मासनमा बस्दा वृत्ताकार (गोलो) आसनमा हुनु ।

– हातका औँला लामा–लामा हुनु ।

– शरीरको माथिल्लो भाग सलक्क मिलेको हुनु ।

– शरीरका सम्पुर्ण अङगहरु सुगठित हुनु ।

– काँध पुष्ट, चौडा र गोलो हुनु ।

– पाखुरा राम्ररी फर्कने हुनु ।

– पाखुरा लामा हुनु ।

– औलाका कापमा छाला विशेष बढी र जोड्दा टम्म मिलेका हुनु ।

– छाला नरम हुनु र वृद्धावस्थामा पनि युवाको जस्तै तेज हुनु ।

– शरीरमा विभिन्न सात सुगन्ध हुनु ।

– हरिणका जस्ता फिला हुनु ।

– अरुलाई चाडै प्रभावमा पार्न सक्ने क्षमता हुनु ।

– शरीरमा धेरै र परस्पर टाँसिएका नरम र दाहिनेतिर घुमेका रौँ हुनु ।

– चमक्क चम्किने केश हुनु ।

– जिब्रो लामो हुनु ।

– विभिन्न सानोभन्दा सानो स्वाद लिने शक्ति हुनु ।

– पातलो (सुरिलो) स्वर हुनु ।

– विभिन्न विषयमा ज्ञानको चासो राख्न खोज्नु ।

– स्वभाव लज्जालु हुनु ।

– दुढ आत्मविश्वास हुनु ।

सम्बन्धित विषय:

प्रतिक्रिया