बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

वर्षासँग प्रेमालाप गर्दैगर्दा भेटिए पल शाह( हेर्नुस भिडियो)

शनिवार , भाद्र २७, २०७७

काठमाडौँ २७ भदौ – गायक किशोर शिवाकोटीको स्वर रहेको पर्ख तिमीलाई बोलको गीत युट्यूबमा सार्वजनिक गरिएलगत्तै चर्चामा आएको छ। प्रेम, रोमान्स र वैँशालु उमेरमा एक युवक र युवतीले देखाउने उ त्ता उ लो पना र त्यसभित्र लुकेको मायालाई भिडियोमा देखाउन खोजीएको छ ।

जहाँ मायालुले चाहेर नचाहेर यौ वन छल्काइरहेका दृश्य हेर्ने पाठकलाई म ज्जाले छुनेगरी भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीलाई निर्देशक निकेश खड्काले प्रस्तुत गरेका छन् ।

सत्य स्वरुप आचार्यको संगीत र एकनारायण भण्डारी शब्द रचना रहेको गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री वर्षा शिवाकोटीले अभियन गरेका छन्। गायक शिवाकोटी अमेरिकामा रहँदै आएका एक कुशल गायक हुन् । उनले गुडी जाने रेल, आमा तिमी कहाँ छौ, गुराँश फुल्यो बनैमा, लगायतका चर्चित गीतहरु सार्वजनिक गरिसकेका छन्। गायक शिवाकोटी अमेरिकामा रहेर पनि नेपाली संगीत क्षेत्रमा सक्रीय रहँदै आएका छन्।

भिडियो :

प्रतिक्रिया