सिन्धुली,२६ भदौ – दुधौली नगरपालिका सिन्धुलीले कोरोना नि यन्त्रण तथा राह त बितरणमा झण्डै पौने दुई करोड रुपैया खर्च गरेको छ ।
गत असार मसान्तसम्म कोरोना संक्रमण नियन्त्रण तथा राहत वितरणमा एक करोड ६७ लाख एक हजार ४६७ रुपैंया खर्च भएको नगरपालिकाले जनाएकोे छ । क्वारेन्टिन व्यवस्थापन, स्वास्थ सामाग्री खरिद र राहत बितरणमा उक्त रकम खर्च भएको बताइएको छ ।
नगरपालिकाका अनुसार क्वारेन्टिन निर्माण तथा व्यवस्थापनमा मात्रै १७ लाख ४१ हजार ७७१ रुपैया ७५ पैसा खर्च भएको छ । यस्तै औषधि तथा स्वास्थ्य सुरक्षा सामाग्री व्यवस्थापनका लागि ४७ लाख चार हजार ५६ रुपैंया ७५ पैसा खर्च गरेको छ । क्वारेन्टिनमा बस्नेहरुको उपचार, खाजाखाना तथा यातायात खर्चमा ४५ लाख आठ हजार २८१ रुपैया ७५ पैसा र राहत वितरण शिर्षकमा ५७ लाख ४७ हजार ३५६ रुपैया ७५ पैसा खर्च भएको ।
सो अवधिमा नगरपालिकाले कोरोना नि यन्त्रण तथा रा हत बितरणका लागि एक करोड ६७ लाख एक हजार ४६७ रुपैंया आम्दानी भएको देखाएको छ । जसमध्ये विभिन्न दाताहरुबाट छ लाख ३३ हजार ७६६ रुपैया, नगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तथा नगरपालिकाका कर्मचारीबाट २० लाख ३६ हजार ४५६ रुपैया, बागमती प्रदेश सरकारबाट १२ लाख रुपैया र नगरपालिका कार्यालयबाट एक करोड २८ लाख ३१ हजार २४५ रुपैया प्राप्त भएको थियो ।