शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा आठ जनाले कोरोनालाई जिते,एक जना थपियो

शुक्रवार , भाद्र २६, २०७७

सिन्धुली,२६ भदौ – सिन्धुली जिल्लामा शुक्रबार थप आठ जना व्यक्तिले कोरोनालाई जितेका छन् ।

कोरोना सं क्रमण पुष्टि भई एपोलो अस्पतालमा उपचार गरि रहेका दुधौली नगरपालिका–१२ निवासी सुनिलकुमार सुस्लिङ र जिल्ला प्रहरी कार्यालयको होम क्वारेन्टिनमा बसेर उपचार गरि रहेका सात जना प्रहरीको रिपोर्ट निगेटिभ आएको सिन्धुली अस्पतालले जनाएको छ ।

अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार अस्पतालमा कार्यरत १४ जना कर्मचारी, उपचार गरि रहेका सं क्र मित आठ जना बिरामी सहित ८० जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्न बिहिबार धुलीखेल पठाईएको थियो । स्वाब पठाईएका मध्ये सिन्धुली अस्पतालमा कार्यरत एक जना २२ बर्षिया महिला स्टाफमा कोरोना सं क्र म ण पुष्टि भएको र बाँकी सबैको निगेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो ।

यो सहित सिन्धुली जिल्लामा कारोना सं क्रमित व्यक्तिको संख्या ६४ पुगेको छ । यि मध्ये अहिले तीन जनाको उपचार भई रहेको र बाँकी ६१ जनाले उपचारपछि कोरानालाई जितेर सन्चो भएको व्यवस्थापक श्रेष्ठको भनाई छ । अस्पतालका अनुसार कोरोनालाई जितेका दुधौलीका सुस्लिङलाई अबिर र खादा लगाई बिदा गरेर घर पठाईएको छ ।

सिन्धुली जिल्लमा अहिले भएको कोरोना संक्रमित तीनै जना बिरामी महिला रहेका छन् । यि मध्ये सिन्धुली अस्पताल र एपोलो अस्पतालको आईसोलेसन कक्षमा भर्ना भई एक/एक जनाले र कमलामाई नगरपालिका–६ स्थित आफ्नै घरमा होम आइसोलेसनमा बसेर एक जनाले उपचार गरि रहेको अस्पतालका व्यवस्थापक श्रेष्ठले सुनाउनुभयो ।

अस्पतालको ईमर्जेन्सि कक्षमा कार्यरत कर्मचारीमा कोरोना सं क्रमण पुष्टि भएपछि अबका दिनमा उपचार गर्न आउने बि रामीलाई कसरी सहज ढंले सेवा दिने भन्ने बिषयमा अस्पतालका कर्मचारी बीच छलफल भई रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया