बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

गाढीमा भि ड भा ड !

शुक्रवार , भाद्र २६, २०७७

सिन्धुलीमा पछिल्लो समय सरकारी गाढीको दु रु प यो ग बढिरहेको छ । कोरोना भा इ र सका कारण विश्वनै आ क्रा न्त बनेको अवस्थामा सिन्धुलीमा भने जिम्मेवार व्यक्तिले नै सा व धा नि नअपनाएको दृश्यहरु देखिन थालेको छ । विशेषगरि, स्थानिय तहका जनप्रतिनिधिले सरकारी गाढीमा को चा को च मान्छे बोकेर हिडिरहदा भौ तिक दुरीको खि ल्ली उडेको छ । कुनै पनि कार्यक्रम होस् वा कतै जानुपरेमा जनप्रतिनिधिले गाढीभरि मान्छे बोकेर हिँड्ने गरेका छन् । बाटोमा कसैबाट रोकटोक नहुँदा जनप्रतिनिधिले आफ्ना मान्छे, कार्यकर्ता, पत्रकार देखि अन्य व्यक्तिलाई गाढीमा राखेर घुम्ने गरेका छन् । अहिलेको अवस्थामा गाढीमा धेरैजना सवार हुनु जो खिमपूर्ण छ । तर, बाटो अगुवाले नै आफ्नो कर्तव्य बिर्सदा नागरिकमा न कारात्मक संदेश गइरहेको छ । तसर्थ, जनप्रतिनिधिले कुनै पनि ठाउँमा जाँदा वा कार्यक्रममा पुग्दा भएभरका मान्छेलाई गाढीमा हालेर जग हसाउने काम गनुृहुदैन ।

सिन्धुलीमा कोरोना सं क्र मि तको संख्या बढिरहेको छ । स्थानिय स्तरमा सा वधानि अपनाइएको छैन । यस्तो अवस्थामा जिम्मेवार व्यक्तिले नै भौतिक दुरीको खि ल्ली उडाएर हिँड्दा नागरिकले जनप्रतिनिधिबाट के सिक्लान् भन्ने प्रश्न उठेको छ । अतः सामाजिक संजालमा दिनभरी आफू पुगेको ठाउँको प्रचारप्रसार गराउन र सस्तो लोकप्रियता पाउन जनप्रतिनिधिले अनावश्यक रुपमा भि ड भा ड गर्दै गाढीमा धेरै मान्छे बोकेर हिँड्न छोड्नुपर्छ ।

प्रतिक्रिया