शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति ट्रम्प मनोनित

बिहिवार , भाद्र २५, २०७७

काठमाडौं,२५ भदौ –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि नोमिनेट गरिएको छ । नर्वेका सांसद तथा नाटो संसदीय सभाका लागि नर्वेजीयन प्रतिनिधिमण्डलका अध्यक्ष क्रिश्चियन टायब्रिंग गेजेडले ट्रम्पको नाम नोमिनेट गरेका हुन् ।

इजरायल र संयुक्त अरब इमिरेट्स बीचको शान्ति सम्झौतामा ट्रम्पको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै ट्रम्पलाई नोमिनेट गरिएको उनको भनाई छ । टायब्रिंगले सन् २०१८ मा पनि ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि नोमिनेट गरेका थिए ।

यस पुरस्कारका लागि मनोनित कुनै पनि सदस्यले विश्वव्यापी शान्ति स्थापना गर्न ट्रम्पले भन्दा बढी प्रयास न’गरेको उनको दा’वी छ । ट्रम्पले इजरायल र युएई बीचमा सम्झौता मात्र नगराई उत्तर कोरिया र इरानसँग शान्ति वार्ताका लागि अपील पनि गरेको उनले बताए ।

ट्रम्पको नोमिनेशनका लागि लेखिएको पत्रमा भनिएको छ – ‘ट्रम्पले यस पुरस्कारका लागि तीनवटै योग्यताहरू पूरा गर्छन्। उनीले अरू देशहरूसँग कुनै पनि प्रकारका स’श’स्त्र द्व’न्द्व बढाएनन् । यु’द्ध’को पहल पनि गरेनन्। ट्रम्पले मध्य पूर्वी देशहरूमा नाटो र अमेरिकी सेना घटाएका छन्। ३९ बर्षदेखि अमेरिकी राष्ट्रपतिहरुले या त अमेरिकालाई यु’द्ध’को अवस्थामा लगिरहेका थिए, या त अमेरिकालाई अन्तर्राष्ट्रिय सशस्त्र वि’वा’दमा अ’ल्झा’एका थिए । ट्रम्पले यसलाई स’मा’प्त पारेका छन् ।’

प्रतिक्रिया