काठमाडौं २५ भदौ– सम्भवतः यही भदौ २६ गते बस्ने स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने बुझिएको छ । यसअघि गत साउन पहिलो साता बसेको जारी स्थायी कमिटी बैठकमा पनि कार्यसम्पादनका आधार मन्त्रीमण्डल पुनर्गठन गर्नुपर्ने माग अधिकांश स्थायी समिति सदस्यहरूले गरेका थिए । अब बस्ने स्थायी कमिटीमा पुनः यो विषय प्रवेश हुने र त्यसपछि मन्त्रिमण्डल पुनर्गठन हुने स्रोतले बतायो ।
मन्त्रिमण्डल पुनर्गठनका विषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच पनि अनौपचारिक छलफल भएको बताइन्छ । मन्त्रीमण्डल पुनर्गठनको चर्चा चलेसँगै वर्तमान सरकारका कतिपय मन्त्री पद जो’गा’उ’ने दौ’ड’धु’पमा लागेको र कतिपय आकांक्षीहरू पनि नेताका घरदैलो चहार्न थालेपछि प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिमण्डल पुनर्गठन नहुने बताएका छन् । स्रोतले भन्यो, ‘नयाँ आकांक्षी भन्दा पनि सम्भावित बाहिरिने मन्त्रीहरूको च’ल’खे’ल बढी भएपछि त्यसलाई म’त्थर बनाउन मात्र प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् तर मन्त्रिमण्डल पुनर्गठनचाहिँ चाँडै हुन्छ ।
पछिल्लो समय नेकपाभित्र मन्त्रिमण्डल पुनर्गठन गर्दा दुई कार्यकाल प्रत्यक्ष निर्वाचित सांसद भएर पनि कुनै अवसर नपाएकाले प्राथमिकता दिनुपर्ने आवाज उठेको छ । सिन्धुलीका गणेश पहाडी, मकवानपुरका वि’रोध खतिवडा, ओखलढुंगाका यज्ञराज सुनुवार, तेहथुमका भवानी खापुङ, खोटाङका विशाल भट्टराई, डोटीका प्रेम आले, दैलेखका राजबहादुर बुढा, दार्चुलाका गणेश ठगुन्नाले दुई पटक प्रत्यक्ष निर्वाचित भएर पनि अहिलेसम्म कुनै अवसर पाएका छैनन् ।
राष्ट्रियसभाको कार्यकाल सकिएकाले अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले रा’जी’ना’मा दिइसकेका छन् । उनको राजीनामासँगै ती दुई मन्त्रालय खाली भएका छन् भने सहरी विकास मन्त्रालय पनि खाली नै छ । अहिले यी तीनै मन्त्रालय प्रधानमन्त्रीले आफैसँग राखेका छन् ।
सम्भवतः पहिलो लटमा मन्त्री भएका एक दुई जनालाई कार्यसम्पादनका आधारमा निरन्तरता दिएर बाँकी सबैलाई बि’दा गर्ने तयारी भइरहेको बुझिएको छ । पहिलो लटमा मन्त्री भएकाहरूमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, रामबहादुर थापा ‘बादल’, डा. युवराज खतिवडा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, वर्षमान पुन, पदमा अर्याल, बिना मगर हुन् । जसमध्ये खतिवडा बि’दा भइसकेका छन् । बाँकीमध्ये पुनः ज्ञवालीलाई मात्र निरन्तरता दिएर अरूलाई बि’दा गर्ने बुझिएको छ । मन्त्री पोखरेल पछिल्लो समय ओम्नी, सम्धी का’ण्डदेखि लिएर अनेक का’ण्डमा मु’छिएर ब’द’ना’म भएका छन् भने बादल, मगर, बस्नेत, अर्याल, पोखरेलले पनि कुनै राम्रो कामको छवि देखाउन सकेका छैनन् । पछिल्लोपटक मन्त्री भएकामध्ये फिटिक्कै नतिजा दिन नसकेका श्रममन्त्री रामेश्वर राय यादव परिवर्तनको सूचीमा पर्नेछन् । अबको मन्त्रिमण्डल पुनर्गठनमा पछिल्लो लटमा मन्त्री भएका योगेश भट्टराई, घनश्याम भुसाल, वसन्त नेम्वाङ, भानुभक्त ढकाल, डा. शिवमाया तुम्बाहाम्फेले भने निरन्तरता पाउनेछन् ।
ई बुधवार डट कम बाट साभार