बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कंगनाको ४८ करोडको अफिसमा चल्यो डोजर

बुधवार , भाद्र २४, २०७७

एजेन्सी, - अभिनेत्री कंगना रनावत मुम्बई पुग्नुभन्दा अगाडि नै मुम्बई नगर निगम (बीएमसी) ले उनको अफिसमा डोजर चलाएको छ । उनको मुम्बईस्थित अफिसमा अ वैध निर्माणलाई लिएर बीएमसीले २४ घण्टामा दोस्रो नोटिस पठाएको थियो । यसको केही घण्टामा बीएमसीको एक टिमले डो जर र क्रे नसहित अफिस तो ड फोड गरेको छ । कंगनाको अफिस बान्द्राको पाली हिलमा अवस्थित छ ।

कंगनाले बीएमसीले गरेको यो का रवाहीलाई लिएर लगातार ट्विट गरिरहेकी छन् । उनले यो एक अफिस नभएर राम मन्दिर रहेको बताएकी छन् । बीएमसीको कारवाहीको वि रुद्धमा कं गनाका वकिलले बुधवार दिउँसो हाईकोर्टमा मु द्धा द र्ता गरेका छन् । कंगनाले आफू मुम्बई आउनुभन्दा अगाडि नै महाराष्ट्र सरकार र गुण्डाले आफ्नो अफिस भ त्काउने काम गरेको आ रोप लगाएकी छन् ।

४८ करोडमा निर्माण गरिएको आफ्नो अफिस तो ड फो ड गरिएपछि कंगनाले ट्विट गर्दै लेखेकी छन्, ‘मेरो घरमा कुनै अ वैध नि र्माण भएको छैन । को भिडका कारण सरकारले पनि ३० सेप्टेम्बरसम्म तो ड फोड गर्न रो क लगाएको छ ।’ बीएमसीले भने नोटिसका बावजूद पनि कंगनाले काम न रोकेपछि घर भ त्काउन बाध्य भएको बताएको छ । कंगना दिउँसो २ बजे मुम्बई ओ र्लिँदैछिन् ।

कंगनाले यो ती न तल्ले भवन केही वर्ष अगाडि खरिद गरेकी हुन् । यसमा ५६५ वर्गफिट पार्किङ एरिया अलगै छ । अफिसको इन्टिरियर डि जाइनर शबनम गुप्ताले डिजाइन गरेका हुन् । उनका अनुसार, बि ल्डिङको हरेक झ्यालबाट हरियाली देख्न सकिन्छ । कंगनाको यो अफिस यूरोपियन स्टाइलबाट प्रेरित छ । हालसालै उनले अफिसको डिजाइन केही परिवर्तन गरेकी थिइन् ।

प्रतिक्रिया