सिन्धुलीमा कोरोना भा इरस (कोभिड–१९)को नाममा का लोबजारी, च र्को मूल्य लगायत उपभाक्ता ठ ग्ने क्रियाकलापमा वृद्धि भएको छ । जिल्लाको सात वटै स्थानिय तहमा अस्वस्थ बजारका कारण उपभोक्ता मा रमा परिरहेका छन् । स्थानिय तहले अनुगमनलाई तिव्रता नदिँदा उपभोक्ताहरु व्यवसायीका कारण प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मा रमा परिरहेका छन् । जिल्लाका स्थानिय तहमा थोक विक्रेताको मनपरि मूल्यका कारण बजार सन्तुलित हुन सकेको छैन । थोक विक्रेताले विभिन्न बहानामा खुद्रा व्यापारीहरुसँग च र्को मूल्य लिईरहेका छन् । यता, खुद्रा व्यापारीले त्यहि शूल्कमा केहि प्रतिशत नाफा राख्दै उपभोक्तालाई सामान विक्रि गर्दै आएका छन् । थोक विक्रेतादेखि उपभोक्तासम्म आउँदा चर्को मूल्य पर्नजान्छ जसको प्रत्यक्ष मारमा उपभोक्ताहरु पर्दछन् । तर, जिल्लाका स्थानिय तहले बजार अनुमगनलाई कहिले पनि प्राथमिकतामा राखेका छैनन् । विशषगरि, अनुगमनकालागि अधिकार प्राप्त निकायहरुनै व्यापारीहरुको चिप्लो व्यवहारमा चिप्लिएको उपभोक्ताले आरोप लगाउँदै आएका छन् । थोक विक्रेताले अनुगमनसँग तालुक राख्ने व्यक्तिलाई नै प्रभावमा पारेपछि गुणस्तरीय अनुगमन हुन सकेको छैन ।
जिल्लामा कहिलेकाँही अनुगमन भइहाले पनि खुद्रा व्यापारीलाई कार्वाही गरेको समाचार आउने गरेको छ । वास्तवमा, थोक विक्रेतालाई नै कानुनको दायरामा ल्याउन सके बजार भाउ नबिग्रने स्पष्ट छ । किनभने, मुहान सफा गर्दा स्वतः अरु कुरा सफा हुनेमा दुई मत छैन । तसर्थ, अनुगमनसँग तालुक राख्ने जिम्मेवार निकायले बजार अनुगमनलाई तिव्रता दिन जरुरी छ । उपभोक्ताहरु दैनिक उपभोग गर्ने सामाग्रीमा नै ठगिएको अवस्थामा जनप्रतिनिधि देखि सम्बन्धित निकायले यसतर्फ विशेष चासो बढाउन आवश्यक छ । अतः चिप्लो कुरामा चिप्लिएर आफ्नो स्वार्थ पुरा त होला, तर उपभोक्ताको सरापले भने नराम्रोसँग चिप्लाउनेमा सम्बन्धित निकायले बुझ्न जरुरी छ ।