शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पूर्व मा ओवादी कलाकारको य स्तो वि जोग, बच्चासँगै स डकमा बा स (हेर्नुस भिडियो)

मंगलवार , भाद्र २३, २०७७

काठमाडौं,२३ भदौ – १० वर्षे ज न यु द्धको जगमा टेकेर राज्य सञ्चालनको डाडुपन्यू चलाउने ठाउँमा कैयौं नेता तथा कार्यकता पुगिसकेका छन् । यद्यपि वर्गीय स मानताका ना रा उ राल्दै ज न यु द्धमा सहभागी धेरैजसो कार्यकर्ताका लागि भने ज न यु द्ध कहिल्यै न पुरिने घा उ पनि बनेको छ ।

त्रिवेणी गाउँपालिका– ५ जबरबोटमा घर भएकी एक पू र्व मा ओवादी कलाकार यतिबेला घर न घाटकी भएर वे वारिशे अ वस्थामा स डकमै बा स बस्ने अ वस्थामा पुगेकी छन् । ज न यु द्धबाट राजनीतिक रुपमा ठू लै उपलव्धि भए तापनि त्यसमा स हभागी धेरैजसो वि जोग अ वस्थामा पुगेको यो एउटा उ दाहरण बनेको छ ।

स माज रु पान्तरणको सु नौलो सपना बोकेर कहिले भो कै र कहिले प्या सै नाच्दै गाउँदै जनता ज गाउँदै हिडेकी यी महिलाका लागि स डक नै बा स बनेको छ । त्रिवेणी गाउँपालिकाकी खुमा विकका अनुसार सा नो ब च्चासहित यी म हिला वे वारिशे अ वस्थामा हिड्ने र स डकमै सुत्दै आएकी छन् ।

ज नयु द्धकै क्र ममा सिन्धुपाल्चोकका लिम्बु थरका व्यक्तिसँग बिहे गरे पनि त ल्लो जा तिको भन्दै माइतीमै छो डेर गएको खुमाले बताइन् । लिम्बुको पहिलो श्रीमती भएको र माइतमै अ लपत्र छो डेको बताइन्छ । लिम्बुको परिवारले द लित भन्ने थाहा पाएपछि दशैंमा ससुराली जाऔं भनेर लिएर यतै छा डेर गएको विकको भनाइ छ ।

श्रीमानले छो डेर गएपछि त नावमा परेकी बिठ्ठु नामकी यी महिलाको मा नसिक स न्तु लन गु मेको बताइन्छ । त्यसपछि फेरि ६ बहिनी छोरीहरु भएका ६० वर्षीय वृद्धसँग विवाह गरिदिए गाउँमै । तर, यिनले पनि छोरी नै जन्माइन् । त्यसपछि झनै त नावमा परेकी बिठ्ठुले मा नसिक स न्तुलन गु माएर वे वारिशे अ वस्थामा पुगेको गाउँलेहरु बताउँछन् ।

पहिलोपेज बाट साभार

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया