शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रचण्ड नयाँ घरमा सर्दै

सोमवार , भाद्र २२, २०७७

काठमाडौँ ,२२ भाद्र — सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ घरमा सर्ने भएका छन् । उनले एक टिभीलाई दिएको अन्तर्वार्ताको क्रममा आफू घरको खोजीमा जुटेको र छिट्टै नयाँ घरमा सर्ने स्पष्ट पारेका हुन् ।

अहिलेका घरबेटीसँग आफ्नो नाम पटक पटक जोडेर वि वादमा ता न्ने काम गरिएको भन्दै उनले आफू घर सर्ने तयारीमा जुटेको बताएका हुन् । दाहाल हाल शारदाप्रसाद अधिकारीको घरमा भाडामा बस्छन् । अहिलेका घरबेटील कहाँ ठे क्का लिन्छन् ? के गर्छन् ? भन्ने कुरा आफूलाई केही पनि थाहा नहुने दाहालले स्पष्ट पारेका छन् ।

दाहाल खुमलटारमा बस्नुअघि लाजिम्पाटमा बस्दै आएका थिए । उक्त घरलाई लिएरपनि दाहाल वि वादमा आएका थिए । लाजिम्पाटको घर अजेयराज सुमार्गीको आफन्तको घर थियो । दाहालको नाम सुमार्गीसँगपनि जोडिँदै आएको छ ।

प्रतिक्रिया