शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कोरोना भा इरसको रूसी खोपको सकारात्मक प रिणाम देखियो

आइतवार , भाद्र २१, २०७७

एजेन्सी - रूसी वैज्ञानिकले आफूहरूले विकास गरेको कोरोना भा इरस वि रुद्धको खोपमाथि भएको प्रारम्भिक परीक्षणले शारीरिक प्र तिरोध बारे देखाएका सं केतहरू समेटिएको पहिलो प्रतिवेदन सार्वजनिक गरेका छन् । मेडिकल जर्नल दि लान्सेटमा प्रकाशित सो प्रतिवेदनमा परीक्षणमा संलग्न प्रत्येक सहभागीमा भा इरसवि रुद्ध लड्ने ए न्टिबडी विकास भएको तथा त्यस्तो कुनै ग म्भीर सा इड इफेक्ट नदेखिएको जनाइएको छ । रूसी सरकारले यस खोपको स्थानीयस्तरमा प्रयोग गर्न गत अगस्टमा नै अनुमति दिएको थियो ।

खोपसम्बन्धी आवश्यक तथ्यांकहरू बाहिरिनुअघि नै खोप प्रयोगका लागि तयार हुने रसिया विश्वकै एक मात्र पहिलो मुलुक हो । तर, अझै पनि स्वा स्थ्य विशेषज्ञहरूले यस खोपको प्रभावकारिता र सु रक्षा प्रमाणित गर्न अझै धेरै परीक्षणको आवश्यकता रहेको औंल्याएका छन् । तर, ती समीक्षकलाई सीधा उत्तर दिने हिसाबले मस्कोले खोपको परिणामलाई निकै प्रशंसा गरेको छ । केही पश्चिमी विशेषज्ञले रसियाको खोप निर्माणसम्बन्धी कामको ती व्रतालाई लिएर चिन्ता व्यक्त गर्नुका साथै अनुसन्धानकर्ताहरूले ह डबड गरेको हुन सक्ने बताएका छन् ।

गत महिना रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले खोपले आ वश्यक सम्पूर्ण परीक्षण पार गरेको तथा आफ्नी एक छोरीमाथि समेत उक्त खोप प्रयोग गरिएको बताएका थिए । दि लान्सेटका अनुसार स्पुतनिक– ५ नामक खोपको दुईवटा परीक्षण जुन र जुलाई महिनाबीच गरिएको थियो । सो परीक्षणमा संलग्न ३८ जना स्व स्थ स्व यंसेवकमध्ये प्रत्येकलाई उक्त खोप दिइएको तीन सातापछि एउटा बुस्टर खोप दिइएको थियो ।

१८ देखि ६० वर्ष उमेर समूहका ती स्वयंसेवकलाई ४२ दिनसम्म अवलोकन र अनुगमनमा राखिएको थियो । तिनीहरू सबैमा तीन साताभित्र एन्टिबडी विकास भएको थियो । अधिकांशमा टाउको र जोर्नीहरू दुख्नेजस्ता एउटै सा इड इ फेक्ट देखिएको बताइएको छ । खोपको तेस्रो चरणको परीक्षणमा विभिन्न जो खिम र उमेर समूहका ४० हजार स्वयंसेवक सरिक हुने बताइएको छ ।

प्रतिक्रिया