शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नयाँ कार खरिदपछि अमिताभ बच्चनको आ लोचना

आइतवार , भाद्र २१, २०७७

काठमाडौँ, २१ भदौ – कोरोना भा इरसलाई प राजित गरेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चनले शुभेच्छुकले जति माया पाए तर हिजोआज गा ली पाइरहेका छन् ।

एउटा विलासी कार खरिद गरेर फोटो सेसन गरी सामाजिक संजालमा पोष्ट भएपछि उनको ब्यापक आ लोचना भइरहेको छ ।

उनले हालै खरिद गरेको नयाँ विलासी कार मर्सिडीज एस–क्लास विश्व महामारीका बेला अ नावश्यक भएको सामाजिक संजाल प्रयोगकर्ताहरुको भनाइ छ ।

केहि हप्ता अगाडी कोरोना जितेका उनले नयाँ कार गरेर कारसहित पोज दिइरहेको तस्वीर भा इरल बनेको थियो । उक्त तस्वीरमा उनलाई गा ली र आ लोचनाको बर्षा नै भएको छ ।

भारतमा कोरोनाका कारण सयौं मानिसको मृत्यु  भइरहेको, लाखौं सं क्रमित भएको र करोडौं मानिस भो कमरीमा परिरहेका बेला कार खरिद गर्नु फजुल खर्च भएको भनेर आ लोचना भएको हो ।

हालै सार्वजनिक उक्त कारको मुल्य १ करोड ३८ लाख भारु रहेको छ । यद्यपी, उक्त कार अमिताभले खरिद गरेको नभइ विज्ञापनका लागि फोटो सेसन गरेको पनि भनिएको छ ।

प्रतिक्रिया