बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

प्रतिनिधिसभा सदस्यको सुस्त गति

शनिवार , भाद्र २०, २०७७

सिन्धुलीको दुई क्षेत्रबाट निर्वाचित प्रतिनिसभाका सदस्यहरु केन्द्रमा प्रभावशालि नेताका रुपमा स्थापित छन् । पुर्वकृषिमन्त्री समेत रहनुभएको हरिबोल गजुरेल र गणेश पहाडीले सिन्धुलीमा आफ्नो पहुँच देखाउन सक्नुभएको छैन । अहिले सिन्धुलीमा कोरोना भा इरस (कोभिड–१९) का कारण जो खिम बढ्दै गएको छ । कनपा–६ मा आईशोलेसन निर्माणको कामले तिव्रता पाएको छ । तर, प्रदेश सरकारले दिने भनेको रकम नआउँदा उधारोमा नै काम गर्नुपरिरहेको निर्माणमा खटिएका जनप्रतिनिधिले बताउँदै आएका छन् । यस्तो अवस्थामा सिन्धुलीका अभिभावकको हैसियत बोक्नुभएको गजुरेल र पहाडीले मद्धत गर्नुपर्नेमा मौन देखिएको अवस्था छ । जनताले निर्वाचित गरेर पठाइसकेपछि गणेश पहाडीले जनतासँगको सामिप्यता कम गरेको आ लोचना भइरहेको छ ।

त्यसैगरि, प्रभावशालि नेताका रुपमा रहेका गजुरेलले पनि जिल्लाको समग्र विकास र समृद्धिकालागि खासै पहल गर्न सकेका छैनन् । सिन्धुलीमा कोरोना परिक्षणकालागि पिसिआर मेसिन ल्याउने सूचना केहि महिनाअघि सार्वजनिक भएको थियो । तर, उक्त मेसिन ल्याउने प्रक्रिया र सिन्धुलीमा ल्याउने बारेमा अ न्यौलतानै छ । यस्तो अवस्थामा केन्द्रमा समेत दबाब दिन सक्ने हैसियत बोक्नुभएको सांसदद्वयले विशेष पहल गर्न आवश्यक छ । त्यसैगरि, कोरोना भा इरसको अवस्था र जो खिमलाई मध्यनजर गर्दै अति प्रभावित वर्गलाई सहयोग गर्न पनि सांसदद्वयको नजर पुग्नुपर्दछ ।अतः केन्द्रमा पहुँच राख्ने नेतालाई निर्वाचित गराएका जनतालाई नजरअन्दाज गर्ने काममा जनप्रतिनिधि लाग्नुहुदैँन ।

प्रतिक्रिया