कोरोना भा इरसले निम्ताएको पहिलो चरणको ल कडाउनमा सिन्धुलीका स्थानिय तहले निम्न वर्गिय परिवारलाई रा हत बाड्यो । केहि स्थानिय तहले भने श्रम गर्नेलाई रा हत स्वरुप रकम र सामाग्री वितरण गर्यो । लकडाउनका कारण सबै व्यापार व्यवसाय बन्द भएपछि निम्न आयश्रोत भएकाहरुलाई स मस्या परेको थियो । अहिले पनि अवस्था त्यस्तै छ । पटक पटकको ब न्दाबन्दिले श्रमिक वर्गले काम गर्न पाएका छैनन् । उनीहरुलाई हात मुख जोड्न पनि स मस्या परेको अवस्था छ । पहिलो चरणको लकडाउनमा वास्तविक गरिब परिवारलाई भन्दा पनि मनमानि रुपमा राहत बाँडेको वि रोध नआएको पनि होइन् । तर पनि, उक्त समयमा क–कसलाई राहत वितरण गरियो र निम्न वर्गिय परिवारको सूचिलाई अध्ययन गरेर पुनः उनीहरुलाई सहयोग हुने कार्यक्रम ल्याउन जरुरी छ ।
सिन्धुलीका हरेक स्थानिय तहले गरिब परिवारलाई राहत बाँडेको छ । अब भने, उनीहरुलाई श्रममा लगाएर ज्याला दिन जरुरी छ । यसकालागि स्थानिय तहले वास्तविक श्रमिक र ग रिब परिवारको तथ्यांक निकालि, त्यसको अध्ययन गर्दै सहयोगका कार्यक्रम ल्याउनुपर्दछ । अतः निम्न वर्गिय परिवारमा जुन खालको समस्या देखापरेको छ, त्यसले आगामी दिनमा ठूलो सामाजिक दु र्घट्ना ननिम्ताउला भन्न सकिन्न ।