शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

वामदेव गौतमको गीत ‘यो बुद्ध भूमि’ सार्बजनिक ( हेर्नुस भिडियो)

शुक्रवार , भाद्र १२, २०७७

काठमाडौँ, १२ भदौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राजनीतिसँगै लेखनमा उतिकै रुचि राख्नुहुन्छ । फुर्सदका समयमा राष्ट्रियभावले ओतप्रोत गीत लेख्ने गर्नुभएका उहाँले पछिल्लोपटक शान्तिका अग्रदूत गौतम बुद्धको भूमि नेपाललाई ‘यो मुक्त भूमि हो, बुद्ध भूमि’ बोलको गीत रचना गर्नुभएको छ ।

कोभिड– १९ का कारण यो ‘बुद्ध भूमि’ नामक गीत आज भर्चुअलरुपमा सार्वजनिक भएको छ । गौतमको गीतमा शम्भुजीत बाँस्कोटाको सङ्गीत र रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, अञ्जना गुरुङलगायतको स्वर रहेको छ । गीतको प्रस्तुतकर्ता हरिशदेव गौतम र छायाङ्कन दीर्घ गुरुङ हुनुहुन्छ । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कलासंस्कृतिका बारेमा वर्णन गरिएको छ । आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ ।

उपाध्यक्ष गौतमले अहिलेसम्म ४३ गीत रचना गरिसक्नुभएको छ । उहाँले आफ्ना ती गीतलाई सङ्कलन गरी गीतिसङ्ग्रह ‘मेरो गीतियात्रा’ पनि प्रकाशनमा ल्याउनुभएको छ । उहाँका ती गीत राष्ट्रियभावले भरिएका छन् । त्यसलगायत कला, सांस्कृतिक, सामाजिक र आर्थिक उन्नतिका लागि पनि उहाँका गीतले सन्देश दिएका छन् । ज नआन्दोलन २०६२/०६३ पछि रा जतन्त्रको अ न्त्यसँगै उदय भएको गणतन्त्रको शुरुआतमा पुरानो राष्ट्रिय गीतलाई फालेर नयाँ राष्ट्रिय गीतको वि कल्प खोज्ने क्रममा गीतको छनोट गर्ने जिम्मा लिएको समितिलाई गौतमद्वारा रचित ‘प्राण प्यारो देश नेपाल’ पठाइएको थियो ।

“ज नआन्दोलनपछि परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गीतको वि कल्प खोजियो । नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो”, उहाँले भन्नुभयो, “मैले पनि आफूले रचना गरेको गीत पठाएँ तर उक्त गीत उत्कृष्ट सातभित्र पनि परेन । त्यही गीत मेरो गीतियात्राको प्रारम्भ बन्न पुग्यो ।” त्यसो त उहाँ आफू जीवनको प्रारम्भकालदेखि नै छन्द कविता र गीति लेखनमा रुचि रहेको बताउनुहुन्छ । विद्यालयस्तरदेखि नै गीत सङ्गीत र कवितामा रुचि राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पूरा भएको बताउनुहुन्छ ।

“विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो”, उहाँ भन्नुहुन्छ, “तर त्यसबेला मैले के र कस्ता विषयमा कविता लेखेँ वा वाचन गरेँ, त्यसबारे कुनै सम्झना छैन ।”

भिडियो :

प्रतिक्रिया