काठमाडौं १२भदौ – बलिउड एक यस्तो दुनियाँ हो । जहाँ सफल हुनको लागि अभिनयसँगै भा ग्यले पनि साथ दिन आ वश्यक हुन्छ र फिल्ममा सफल हुन सक्दैनन् । तर, ति नै बलिउड स्टारहरुले व्यवसायमा भने निकै सफल भएका छन् । बलिउका यस्ता केही स्टारहरु छन् जसलाई दर्शककले खासै रु चाएनन् तर व्य पारमा भने सफल बने । बलिउका त्यस्ता स्टार आज बिजनेसम्यानको रुपमा चिनिन्छन् ।
अभिषेक बच्चन

अभिषेकले अन्तिमपटक सन् २०१८ मा अनुराग कश्यपको फिल्म ‘मनमर्जिया’ मा खेलेका थिए । तर, उनी सफल व्यवसायी हुन् । उनी प्रो कबड्डी टीम ‘जयपुर पिंक प्याथर्स’, फुटबल टीम ‘चेन्नईयिन एफसी’ का मालिक हुन् । उनको उत्पादनमा हाल अमेजन प्राइम भिडियोमा ‘ब्रीथ २’ वेभ सिरिज पनि आएको छ ।
मलाइका अरोडा

फिल्मको सुटिङ नगरेपनि मलाइका सबैभन्दा बढी चर्चामा आउने स्टार हुन् । ‘इन्डियाज गट ट्यालेन्ट’ जस्ता टेलिभिजनका रियालिटी शोबाट मनग्य कमाई गरिरहेकी मलाइका सुजैन खान र बिपाशा बसुसँग मिलेर ‘द लेबल लाइफ’ नामक ईकमर्स सञ्चालन गरिरहेकी छिन् । यसका साथै मलाइकाको क्लोदिङ लाइन पनि छ ।
प्रिती जिन्टा

प्रिती जिन्टा फिल्म क्षेत्रबाट निकै टाढा गइसकेकी छिन् । उनी आईपीएलको ‘किंग इलेवन पञ्जाब’को को–ओनर हुन् भने २०१७ को दक्षिण अफ्रिकाको टी २० ग्लोबल लीग स्टेलिनबोश किंग्स फ्रेन्चाइजी पनि किनेकी थिइन् । उनी आज एक सफल व्यवसायी हुन् ।
अर्जुन रामपाल

उनले अन्तिम पटक ‘ड्याडी’ फिल्ममा काम गरेका थिए । सन् २०१७ मा आएको उक्त फिल्मपछि उनी अहिले फिल्म देखिन छोडेका छन् । तर, उनी सफल व्यवसायी हुन् । उनी LAP नामक दिल्लीको नाइट क्लबका मालिक हुन् ।
ट्विकंल खन्ना

उनी एक सफल लेखिका हुन् । उनी टाइम्स अफ इन्डियामा कोलम लेख्ने गर्छिन् । उनले तीनवटा किताब पनि लेखेकी छिन् । उनले Tweak India नामक डिजिटल पत्रिका पनि सञ्चालन गरिरहेकी छिन् । उनले सन्२०१६ मा ‘प्याडम्यान’ फिल्मको प्रोड्युस गरेकी थिइन् । उनी मुम्बईमा इन्टिरियर डिजाइनको स्टोर पनि सञ्चालन गर्छिन् ।