वीरेन्द्रनगर १२ भदौ– ग रिबी र अ भावले मानिसलाई अ नपेक्षित भूमरी र स मस्यातर्फ मो ड्छ। नेपाली नागरिकका हकमा त्यो धेरै हदसम्म नि यती बनेको छ ।
त्यही ग रिबीका कारण कहिलेकाहीँ मानिस आफ्नो सीमा बि र्सिएर अ नुशासन उ ल्लघंनको काममा सं लग्न हुन्छ।
दैलेख दुल्लु नगरपालिका घर र सुर्खेत पञ्चपुरी नगरपालिका माइती भएकी भगवती(नाम परिवर्तन) ले पनि एक पटक त्यही सी मा ना घिन्।
पी डा र आ वेशमा आएर आ फूले गरेको सा नो ग ल्तीले अहिले उनको जीवननै ध रापमा परेको छ, २० वर्षकै उमेरमा।
पेटमा बच्चा हुर्कंर्दै गरेका बेला आफ्नो विशेष हेरचाह र खानपिनमा ध्यान दिनुपर्ने बेला हाल उनको जीवन जे लमा सी मित बन्नपुगेको छ।
चो री मु द्दामा अदालतलाई १० हजार रुपैयाँ ध रौटी दिन न सक्दा पुर्पक्षका लागि उनी थु नामा जानु परेको हो।
भौगोलिक विकटता, सामाजिक वि भेद, कमजोर आर्थिक अ वस्था र अ समानताले घे रिएको समाजमा हुर्केकी भगवतीले पढेर कुनै न कुनै पेशाबाट आत्मनिर्भर बन्ने आफ्नो सपनालाई तु हाउन बाध्य भइन्, १६ वर्षको उमेरमा।
अभिभावकले कर गर्दा विवाह गरेर दैलेख पुगिन्। तर बे रोजगारीको पी डाबाट ग्र स्त भगवतीका श्रीमान् मनोज (नाम परिवर्तन) को अ स्वाभाविक र अ मानवीय व्य वहारको सामना पनि उनलै गर्नुपर्याे।
२० वर्षको उमेरमा एक छोरीकी आमा बनिसकेकी भगवती छोरी पाएको बहानामा श्रीमानबाट ति रस्कृत पनि हुन थालिन्।
अन्ततः हरेक दिन र क्सीले मा त्ने श्रीमानको कु टपि ट र या तनामा पर्नु उनका लागि नि यती बन्यो।
श्रीमानको अ मानवीय व्य वहार सहन न सकेपछि भगवती गत साउन १० राती भा गेर छिमेकी बन्दना (नाम परिवर्तन) को श रणमा पुगिन्।
त्यो रात जसोतसो बास पाएकी भगवतीले भोलिपल्ट बन्दना र उनका पारिवारिक सदस्य घरमा नभएका बेला भगवतीले बन्दनाको मोबाइल चो रेर भा गिन्।
भगवतीको उद्देश्य चोरेको मो बाइल बे चेर आफ्नो हा तमुख जो र्नु थियो या आफैले प्रयोग गर्नु थियो त्यो भने खुलेको छैन।
तर उनले आफूले मोबाइल चो रेको प्रहरी र अदातल दुवैमा स्वी कार गरेकी छिन्। तर भगवतीमाथि बन्दनाले १२ आनाको सुनको सिक्री पनि चो रेको आ रोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइन्।
भगवतीले आफूले सि क्री न चोरेको अ डान लिएकी छन्। भगवती प्रहरीको नि यन्त्रणमा प रेपछि उनलाई भेट्न न उनका श्रीमान् आ एका छन् न उनका परिवारका सदस्य।
भगवतीले आफ्नो परिवार र साथीभाइलाई यो घ टनाबारे थाहा न दिएको बताइन्। उनीले भनिन, ‘यसै त म श्रीमान् र घरपरिवारबाट अ पहेलित भएर नि स्कनु परेको छ। त्यसमाथि पनि म चो री मु द्दामा यसरी जे ल प रेकोछु भन्ने थाहा भयो भने झनै म अ पमानित हुनेछु। म र्नुको वि कल्प हुने छैन म सँग।’
आफू अ पमानित हुने ड रमा भगवतीले आफ्ना आ फन्तसँग आ र्थिक सहयोग मा गिनन्। बरु जेल पुगिन्। भन्छिन्, ‘श्रीमान्, घरपरिवारको त मलाई आ शा छैन। बाहिरको कसैले मलाई १० हजार रुपैयाँ ऋ ण सहयोग गरेको भए पछि उनीहरुको काम गरेर भए पनि त्यो चुक्ता गरिदिन्थे।
तर त्यस्तो मनकारी को भटिएला र?’
अदालतका श्रेस्तेदार एवं सूचना अधिकारी याम बास्कोटाका अनुसार १० हजार रुपैयाँ ध रौटी तिर्न न सकेर का रगार जानु परेको मुद्दा सम्भवतः जिल्लामा पहिलो हो।
उनले भने, ‘थु नछे क बहसका क्रममा अदालतले १० हजार ध रौटी माग गरेको थियो। तर त्यो दाखिला गर्न न सक्दा उनी का रागार जानु परेको हो।’
प्रहरीको अ नुसन्धानका क्रममा २६ दिन हि रासतमा बि ताएर करिब दुई सातादेखि थु नामा रहेकी भगवतीलाई अहिले आफ्नो एउटा सानो ग ल्ती सिंगो जीवननै सं कटमा परेको अ नुभव भइरहेको छ।
त्योभन्दा बढी पीर आ फ्नो पे टमा भ र्खरै हुर्कदै गरेको ब च्चाको छ उनलाई । तर अब आ र्थिक अभाव झे ल्नुपर्दा र स हारा वि हिन ब न्नुपर्दाको पी डामा त्यो बच्चाको जीवन आफ्नै पे टमै मे टिदिने उनले क ठोर निर्णय लिए की छिन्।
दुई महिनाको ग र्भ फाल्ने नि र्णयमा उनी पुगेकी हुन्। ग र्भप तनका लागि भगवतीले जिल्ला कारागार सुर्खेतमार्फत् जिल्ला अदालत सुर्खेतमा निवेदन दिइन्।
अदालतले पनि १२ हप्तासम्म ग र्भपतन गर्ने कानुनी अ धिकार महिला (आमा) लाई रहेको पृष्ठभूमिमा उक्त निवेदन स्वीकृत गरेको श्रेस्तेदार बास्कोटाले बताए।
‘मेरो जीवनको ठेगान छैन। पे टमा ब च्चा कसरी हुर्काउने? पहिलो पटक छोरी पाउँदा श्रीमानले यो मेरो छोरी होइन भनेका थिए। अ न्तैबाट पे ट बो केको भन्दै या तना दिए। अब त झन् उनले मलाई स्वी कार गर्ने छैनन्।
यस्तो अवस्थामा फेरि कसरी म आमा बन्न सक्छु?,’ भगवती भ क्कानिन्। अदालतको कार्यतालिकाअनुसार भगवतीको मु द्दाको फैसला हुन कम्तीमा पनि ६ महिना लाग्ने देखिन्छ।
अदालतले कोरोना र लकडाउनकै बीच यही भदौ २९ गते उनको ब कपत्रको मिति तोकेको छ। मुलुकी अ पराध सं हिताले भगवतीले गरेको चोरीलाई सा धारण चोरीको समूहमा राखेको छ।
तर, कसुर प्रमाणित भएमा भगवतीलाई ३ वर्षसम्म जे ल सजाय र ३० हजारसम्म ज रिवाना हुनेछ।देशसञ्चारबाट साभार