सिन्धुलीमा काम कम गर्ने र हल्ला ज्यादा गर्ने परिपाटी देखिएको छ । जिल्लाबाट स्थानिय तह, प्रदेश र प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिले कोरोनाको क हरमा उल्लेख्य काम गर्न सकेका छैनन् । तर, उनीहरुमा देखिएको दं भले के देखाउँछ भने जिल्लामा सं क्रमितको व्यवस्थापन र कोरोनाप्रतिको सा वधानिमा सिन्धुली देशकै अग्र स्थानमा छ । सिन्धुलीको स्थानिय तहका केहि जनप्रतिनिधिमा यतिसम्मको दं भ देखिएको छ कि उनीहरु सरोकारवाला निकायको कुरै सुन्न चाहादैनन् । पछिल्लो केहि घ ट्नाक्रमले जनप्रतिनिधिमा देखिएको श क्तिको मा त छ रपस्ट भएको छ । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री आफैँ नगरपालिका ब न्द गर्न त म्सिन्छन् र आफैँ भि डभाडको वातावरण सिर्जना गरिरहेका छन् । कनपाले स टडाउन गरेकै दिन नगरप्रमुखले युरिया मल ल्याएर ब बण्डर म च्चाए । उनले कृषिमन्त्रीसँगको निकटता देखाउँदै आफूले जोडबल गरेर कृषककालागि मल ल्याएको बताए । उनले मल ल्याउँदा पनि सुख छैन, नल्याउँदा पनि सुख छैन भन्दै द म्भ मि श्रित अ भिव्यक्ति दिए । युरिया मल ल्याउन नगरप्रमुखको पहल स्वागतयोग्य छ । तर, वितरणमा देखिएको कमजोरीप्रति सरोकारवाला निकायले बारम्बार आवाज उठाउदा पनि उनी सच्चिन चाहेनन् । स टडाउन गरेकै दिन सयौँको संख्यामा रहेका कृषकलाई व्यवस्थापन पक्ष बलियो बनाएर वितरण गर्न सकिन्थ्यो । यो कार्य जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन वा अन्य निकायसँग पनि स म्बन्धित हुन सक्छ । तर, नगरप्रमुखले भि डभाड नि यन्त्रणमा अभिभावकको भुमिका निभाउन सकेनन् । उनले सरोकारवाला निकायले दिएको सुझाव पनि आत्मशात गरेनन् र पछिका दिनमा पनि बन्दकैबिच सयौँको संख्यामा रहेका कृषक भि डमा बस्दै ठे ल म ठेल गर्दै मल लिएको दृश्य देखियो । यो दृश्यले सिन्धुलीको स्थानिय तह कोरोना प्रति कति सजग छन् भन्ने देखाउँछ ।
कनपामा कोरोना कहरकोबेला स्यानिटेरिप्याड खरिद प्रक्रियाले पनि जनप्रतिनिधिबिचको झ गडा र नागरिकप्रति उनीहरुको दायित्व स्पष्ट देखायो । उपप्रमुख र प्रमुखले एक संचारगृहमा आएर जसरी अन्तर्वार्ता दिए, त्यसबाट नगरवासिको मन कुँ डिएको थियो । अन्तर्वार्तामा आ क्रोश, रि स, दं भ र जुन भावमा जनप्रतिनिधि प्रस्तुत भए त्यसले स्पष्ट के देखाउँछ भने जिल्लाका जनप्रतिनिधिहरुमा श क्तिको मात बढ्दै गएको छ । उनीहरुको क्रि याकलापले काम कम र हल्ला ज्यादा भएको अनुभुति नागरिकले गरिरहेका छन् ।
कोरोना नि यन्त्रण र रोकथामकालागि सिन्धुलीका स्थानिय तहले गरेको खर्च पनि पा रदर्शि नभएको गु नासोहरु आइरहेको छ । गु नासो आएपनि स्थानिय तहले पारदर्शिता कायम गर्न कदम चालेको छैन । कोरोना रोकथाम र नि यन्त्रणकालागि के कस्ता प्रयास भए, कुन शिर्षकमा कति खर्च भयो भन्ने हालसम्म पनि स्थानिय तहले आधिकारीक रुपमा सार्वजनिक गरेका छैनन् । सिन्धुलीमा जेजस्ता काम भए ती सबै नागरिकको राजश्वबाटै भएको हो । त्यसैले, स्थानिय तहका प्रतिनिधिले आफूले कोरोना नि यन्त्रण र रोकथामकालागि गरेको प्रयासप्रति दंभ देखाउने भन्दा पनि पारदर्शि भएर अघि बढ्न जरुरी छ ।
सुनकोशि गाउँपालिकामा नदि उत्खनन्को विषयलाई लिएर ठूलो वि वाद सिर्जना भएको छ । करोडौँको ठेक्का सानो रकममा सम्झौता गर्ने प्रयास हुँदा विवाद आउनु स्वभाविक हो । गाउँपालिकामा भएको विवादकाबारेमा आधिकारीक धारणा अहिलेसम्म पनि सार्वजनिक नहुनु आश्चर्यको विषय हो । तसर्थ, विवाद सिर्जना भइसकेपछि नागरिकको सरोकारको विषयमा आधिकारीक धारणा आउन जनप्रतिनिधिले ढिलाई गर्नुहुदैँन । अतः जिल्लाका स्थानिय तहले नागरिकप्रति जवाफदेहि भएर काम गर्न जरुरी छ । प्रतिपक्ष दलले स्थानिय तहमा भएगरेका हरेक क्रियाकलाप प्रति सूचना लिनुपर्छ । जिल्लामा नागरिकको बढ्दो अ सन्तुष्टितर्फ प्रतिपक्ष दलले सम्मान गर्दै जिम्मेवार निकायलाई खबरदारी गर्नुपर्दछ ।