बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

श क्तिशालि सरकारको क मजोर भूमिका

बिहिवार , भाद्र ११, २०७७

देशमा नेपाल कम्युनिस्ट पार्टीे सत्तामा छ । सत्तासिन नेकपा पार्टी श क्तिशालि छ । तर, देशले श क्तिशालि सरकार पाएको अडाई बर्ष बढि बि तिसक्दा पनि प्रगति सु स्त गतिमा बढिरहेको छ । कोरोनाको म हामारी बढिरहदा पनि सरकारले स्वा स्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकेको छैन । प्रधानमन्त्री केपी ओलीले नि रन्तर समृद्धिको कुरा उठाएपनि व्यवहारमा उतार्न सकिरहेका छैनन् । देशमा भ्र ष्टाचार व्याप्त छ, नागरिक स्वतन्त्रता खुम्चिएको र अर्थतन्त्रका सूचकहरुको संकेत नकारात्मक रहेको छ । यतिमात्र नभएर द ण्डहीनताले पनि प्रशय पाइरहेको अवस्था छ । प्रधानमन्त्रीले समृद्धिको नारा लगाएपनि देशमा समृद्धिको छाँ टकाँ ट भने देखिएको छैन । देश चलाउने भन्दा पनि पार्टीको विषयलाई लिएर सत्तारुढ दल व्यस्त भएको देखिन्छ । किनभने, प्रधानमन्त्री ओलीले भनेजस्तो हालसम्म केहि काम हुन सकिरहेको छैन ।

देश संघीयतामा गएपछि राज्य प्रणालि सुधार उन्मुख हुनुपर्नेमा भ ताभुं ग भएको छ । केन्द्र सरकारले प्रदेश सरकारसँग समन्वय गर्न नसक्दा अहिले सम्म पनि प्रदेश सरकारले सोचेअनुसारको काम गर्न सकिरहेको छैन । सुशासन नारामा मात्र सिमित हुदैँ आएको छ । तसर्थ, सरकारले विगतको वर्षको समीक्षा गरी आगामी बाटो तय गर्न जरुरी छ । त्यसैगरि, बहुमतको सरकारले द म्भ देखाएर अघि बढ्ने भन्दा पनि सबैसँग सहकार्य गरेर अघि बढ्न आवश्यक छ । अन्यथा, दम्भ देखाएजस्तै काम पनि उत्तिकै गर्न सक्नुपर्छ । अतः ओली सरकारले विगतको एक वर्षको मुल्यांकन र समिक्षा गरि आगामी दिनका लागि देशको हितमा काम गर्न जरुरी छ ।

प्रतिक्रिया