शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा तरकारीको मूल्य बृ द्धिले मँ हगीदै भान्सा

मंगलवार , भाद्र ९, २०७७

मँहगिएको तरकारी : सदरमुकाम सिन्धुलीमाढीस्थित तरकारी बजार । तरकारीको बढ्दो मूल्य बृ द्धिले उपभोक्ता मा रमा परेका छन् ।

सिन्धुली,९ भदौ – कमलामाई नगरपालिका–४ निवासी गृहणी बिष्णु चौलागाईलाई तरकारीको आ कासिदो मू ल्यले चि न्तित बनाएको छ । दैनिक उपभोगका लागि बजारमा किन्न पाईने तरकारीको मू ल्य दिनदिनै ब ढ्दै गएको उहाँको गु नासो छ ।

“तरकारी किन्न जाँदा एक पटकमा पाँच सय रुपैयाभन्दा घटि त लिएर जानै पर्दैन,” उहाँले भन्नुभयो, “तरकारी किन्यो । पैसा स किन्छ, तर किनेको तरकारी आ खै लाग्दैन । दिन दिनै भान्सा मँ हगो ब न्दै छ ।” तरकारीको आ कासिदो मूल्य बृ द्धिले भान्साको जीवन क ष्टकर बन्दै गएको उहाँको भनाई छ ।

उहाँका अनुसार गत बर्षसम्म पाँच सय रुपैया लिएर तरकारी किन्न जाँदा कम्तीमा पनि एक साताको लागि पुग्थ्यो । तर अहिले दुई छाकदेखि तीन छाक पुग्दैन । अहिले बजारमा प्रति केजी आलु ८०, टमाटर १२०, बोडी १४०, काउली १६०, भान्टा १००, प्याज ६०, स्कूस ६० रुपिया रहेको छ ।

मल्लागाँउ निवासी गृहणी चौलागाईलाई मात्र यो स मस्या होईन, सदरमुकामस्थित ढुंग्रेबास बजार निवासी होटल व्यवसायी असोक जोसीको गु नासो पनि उस्तै छ ।

तरकारीको ब ढ्दो मू ल्यले व्यवसाय धा न्न नै क ठिन हुदै गएको होटल व्यवसायि जोसी बताउनुहुन्छ । “तरकारीको भा उ ब ढ्यो भनेर ग्राहकसँग दिन दिनै खानाको मूल्य पनि ब ढाउन मिलेन,” उहाँले भन्नुभयो,“एउटै तरकारीको भाउ दिनदिनै फरक–फरक हुन्छ । ग्राहकले खानासँगै तरकारी पनि थप्छन, छैन भन् न मिल्दैन ।”

अहिले बेमौसी तरकारी उत्पादन हुने र बर्षाका कारण कु हिएर नो क्सान हुने जस्ता स मस्याले तरकारीको मूल्य बढेको तरकारी व्यापारी बताउछन् ।

“अघिल्लो बर्षको मूल्य पछिल्लो बर्षसँग कहिल्यै मि ल्दैन,” तरकारी बिक्रेता भरत देवकोटा भन्नुहुन्छ, “जिल्लामा तरकारी कम उ त्पादन भएपछि अहिले उपभोक्ताको माग धान्न तराईका जिल्ला, दोलखाको जीरी र राजधानी काठमाडौँबाट समेत ल्याउने गरिएको छ । तर कोरोनाका कारण बाहिरी जिल्लाबाट तरकारी थोरै मात्र छ । ठाँउ र ढूवानी अनुसार मूल्य फरक–फरक पर्न जान्छ ।” गत बर्षको तुलनामा यो बर्ष मूल्य भने त्यती धेरै फरक नभएको व्यापारी देवकोटाको भनाई छ ।

सदरमुकाम आसपासका गाँउमा तरकारी खेती व्यवसायिक रुपमा हुन थालेकोले बाहिरी जिल्लाको आयात भने घ ट्दो अवस्थामा रहेको व्यापारीहरु बताउछन् । “केहि बर्ष पहिलेसम्म अहिलेको सिजनमा बाहिरबाट मात्रै तरकारी ल्याउनु पर्ने अबस्था थियो,” ढुंग्रेबास बजारमा १० बर्षभन्दा बढी समयदेखि तरकारी बेच्दै आउनु भएका व्यापारी यदु धमला भन्नुहुन्छ, “अहिले जिल्लामै प्रशस्त मात्रामा काउली, बन्दा, टमाटर, आलु, भाण्टा, मुला लगायतका तरकारी उत्पादन हुन थालेको छ ।”

तरकारीको स्थानीय उत्पादनले उपभोक्ताको माग धान्न नसकेकाले बाहिरी जिल्लाबाट आयात गर्नु परेको कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ । समितिका अध्यक्ष नरेश देवकोटा जिल्लाभित्र तरकारी खेती गर्ने कृषकको संख्या बर्सेनि बढ्दै गएकोले बाहिरी जिल्लाको आयात भने घट्दो अवस्था छ ।

तरकारी खेती गर्ने कृषकको संया यही रुपमा बढ्दै जाने हो भने अबको पाँच बर्षमा सिन्धुली जिल्ला तरकारी उत्पादनका लागि आत्मनिर्भर बन्ने उहाँको तर्क छ ।

प्रतिक्रिया