काठमाडौं,८ भदौ - संघीय सरकारका दुई मन्त्रालय टु क्रयाउने भित्री तयारी शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले अब पू र्नगठन गर्ने मन्त्रिपरिषदमा पार्टीभित्रका देखा परेका त्रि पक्षिय श क्ति स न्तुलनलाई ब्य वस्थित गर्न र नेताहरुको ब्य वस्थापनका लागि मन्त्रालय टु क्रयाउने योजना बनाएका हुन् ।
संविधानमै २५ भन्दा बढी मन्त्री रहन न पाउने ब्यवस्था गरेको कारण पनि ओलीले म न्त्रालय टु क्रयाएर नेताहरुको ब्यवस्थापन गर्ने नीति अ ख्तियार गर्न खोजेका हुन् । अबको पू र्नगठनका क्रममा उनले राज्यमन्त्री न राख्ने गरी सबै फुल मन्त्री बनाउने तयारी गरेका हुन् । अहिले उनको नेतृत्वको सरकारमा उनी सहित २० मन्त्री र ३ जना राज्यमन्त्री छन् । दुई जना मन्त्रीहरु डा. युवराज खतिवडा र वसन्त मानन्धरले भने दुई दुई वटा मन्त्रालयको कार्यभार सम्हाल्दै आईरहेका छन् ।
उनले अब राज्यमन्त्री न राख्ने भएपछि अहिले लेखराज भट्टले सम्हाल्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अहिले वर्षमान पुन (अनन्त)ले सम्हाल्दै आएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय टु क्राउन लागेको हो । मन्त्रालय टु क्राएर उनले उद्योग वाणिज्य एउटा र अर्काे आपूर्ति मन्त्रालय बनाउन चाहेका छन् । त्यस्तै उर्जालाई टु क्राएर उर्जा मन्त्रालय एउटा र जलस्रोत तथा सिंचाई मन्त्रालय अर्काे ब नाउने तयारी गरेका हुन् ।
त्यसो गर्दा राज्य मन्त्री नराख्दा प्रधानमन्त्री सहित २४ वटा मन्त्रालय हुनेछ । अझ आवश्यक पर्यो भने भूमि ब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालय पनि प्रधानमन्त्रीले टु क्रयाउन सक्नेछन् । तर अहिले त्यसमा भने उनको रुची देखिएको छैन् । नेताहरुको ब्यवस्थापनमा कठिन अवस्था आए त्यसलाई पनि भूमि ब्यवस्था एउटा र अर्काे सहकारी तथा ग रिबि निवारण गरेर दुइ वटा मन्त्रालय बनाएर २५ ओटै मन्त्रालयमा वि भक्त गर्न सक्ने अ नुमान पनि देखा परेको छ ।
यसो गर्दा २५ मन्त्रालयमा पूर्व एमाले तर्फका (ओली सहित वरिष्ठ नेता नेपाल समेत)का नेतालाई ब्य वस्थापन गर्न १० देखि १५ मन्त्रालय र पूर्व माओवादी समुहलाई ९ देखि १० ओटा मन्त्रालयको भा गबन्डा लगाएर मन्त्रिपरिषद् पूर्नगठन गर्ने स म्भावना देखा परेको छ । यसो हुँदा अहिले राज्यमन्त्री रहेका उद्योग वाणिज्य तथा आ पूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प द सि धै ध रापमा पर्ने देखिन्छ ।
राज्यमन्त्रीबाट मानन्धर फुल मन्त्रीमा उक्लिन सक्ने सम्भावना भएपनि अन्य दुई राज्यमन्त्रीको त्यस्तो स म्भावना दे खिन्न् । मन्त्री परिषद् हेरफेर गर्दा कुन मन्त्री फा लिने र कुन नेताले मन्त्रीका रुपमा इ न्ट्री पाउने भन्ने विषय अझै एक साता सम्म कुर्नुपर्ने हुन सक्छ । नेकपाले स्था यी समिति बैठक समापन गरेर क्याबिनेट हे रफेरको बाटो पक्डिने सम्भावना छ ।
नेकपाको वि वाद समाधान कार्यदलले पनि सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने, स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सचिवालयका सदस्यहरूको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानुन, प्रबन्ध र निश्चित मापदण्डको आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद्को पु नर्गठन र राजनीतिक नियु क्तिसम्बन्धी नि र्णय गर्ने, मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिका सम्बन्धमा योग्यता, क्षमता, नि ष्ठा, नि रन्तरता, यो गदान र राष्ट्रिय दृ ष्टिले सन्तुलन कायम हुनेगरी मा पदण्ड निर्धारण गर्ने सु झाव अध्यक्षद्दयलाई बुझाएको छ ।
नेताहरुका भा गवन्डाकै आधारमा मन्त्रिमण्डल हे रफेर हुने देखिएको छ । त्यही भएर पनि अहिले सरकारमा रहेका नेताहरु आफु बाहिरिनु पर्ने हो की भन्ने त्रा समा देखिएका छन भने क्याबिनेट हेरफेर हुने भएपछि मन्त्रीका आ कांक्षी नेताहरु नि क्कै दौड धुपमा लागिसकेका छन् ।