शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा विमानस्थल निर्माण गर्न बजेट

सोमवार , भाद्र ८, २०७७

काठमाडौँ,८ भदौ– सरकारले सिन्धुलीमा पनि आन्तरिक विमानस्थल निर्माण गर्ने भएको छ। सिन्धुलीको भिमानमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको छ । विमानस्थल निर्माणमा लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्रधाधिकरणले बजेटसमेत छुट्याएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्ष २०७७/०७८ को बजेटमा विमानस्थल निर्माणस्थलको वा तावरणीय प्र भाव मू ल्यांकन (इ आइ ए)का लागि बजेट व्यवस्था गरेको हो ।

प्राधिकरण महानिर्देशक राजन पोखरेलले विमानस्थल निर्माणका लागि चालू आर्थिक वर्ष भित्र वा तावरणीय प्र भाव मू ल्यांकन रि पोर्ट तयार गर्ने गरी बजेट व्यवस्था गरिएको बताउनु भयो ।

“विमानस्थल निर्माणका लागि प्राधिकरणले विस्तृत अध्ययन गरिसकेको छ । अध्ययनमा सिन्धुलीको भिमानमा विमानस्थल निर्माण गर्न सम्भव रहेको ठहर भएको छ”, पोखरेलले भन्नु भयो,“ विस्तृत अध्ययनका आधारमा चालू आर्थिक वर्षभित्रै इआइए रिपोर्ट तयार गर्न २६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।”

प्रतिक्रिया