एजेन्सी ८ भदौ –उत्तर कोरियाली शासक किम जोङ उनको स्वा स्थ्यबारे पुनः नयाँ चर्चा चु लिएको छ। दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका सचिव भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन को मामा भएको दाबी गरेका हुन ।
पछिल्लो केही समयदेखि किम जोङ उनको स्वा स्थ्यबारे विभिन्न अ ड्कलबाजी र दाबी गरिएका थिए । तर उनी अ चानक सबैको अगाडि स्व स्थ रुपमा देखापरे । अब दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञद्वारा यस्तो दाबी गरिएपछि उनको स्वा स्थ्यबारे पुनः च र्चा सुरु हुन थालेको हो ।
स्थानीय मिडियासँग कुराकानी गर्दै दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञ चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको तर उनको जी वन अन्त्य भने नभएको बताएका छन् । उनका अनुसार किमका ३३ वर्षीया बहिनी किम यो–जोङ दाइका केही श क्तिसहित स र्वोच्च पदमा रहेकी छिन् । ‘अहिले नै एक पूर्ण उत्तराधिकार संरचनाको गठन नगरिएका कारण उनकी बहिनीलाई अगाडि सारिएको हो,’ उनले भने ।
किमले बिहिबार सरकारी कार्यक्रममा आफ्नो उपस्थिती जनाएको तस्बिर उत्तर कोरियाली मिडियाले सार्वजनिक गरेता पनि चाङले यस्तो दाबी गरेका हुन् । ३६ वर्षे किम जोङलाई यसवर्ष सार्वजनिक कार्यक्रममा निकै कम देखियो ।
अप्रिलमा उनको मु टुको श ल्यक्रिया गरिएको र उनको स्वा स्थ्य अत्यधिक नाजुक पनि बताइएको थियो । कतिले त उनको मृ त्यु नै भइसकेको अनुमानसमेत गरेको डेलिमेलले जनाएको छ ।