सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित ५० बेडको आ ईशोलेसन वार्ड निर्माणकालागि धमाधम काम शुरु भइरहेको छ । थोरै समयमै निर्माण गरिसक्नुपर्ने हुँदा सांसद देखि सर्वसाधरणले श्रमदान गरिरहेका छन् । प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको आ इसोलेसन वार्ड आगामी दिनमा सिन्धुलीमा धेरै उपयोगी हुनेछ भन्नेमा कुनै दुई मत छैन । कोरोना भा ईरसको सं क्रमण कम भइसकेपछि पनि उक्त आ ईसोलेसन वार्ड विभिन्न प्रयोजनकालागि प्रयोगमा ल्याउन सकिने छ । आईसोलेसन वार्ड निर्माण सँगै विभिन्न टिकाटिप्पणी सार्वजनिक भइरहेको छ । केहिले निर्माणाधिन आईसोलेसन वार्ड पहिरोको जोखिममा रहेको त केहिले अनावश्यक खर्च भइरहेको समेत आ रोप लगाइरहेका छन् । यता, आ ईसोलेसन निर्माणमा खटिएका सम्बन्धित निकायले भने सबै आरोप झुटो भन्दै पन्छिन खोजिरहेको अवस्था छ । वास्तवमा, अहिलेको समय भनेको आईसोलेसन निर्माणकालागि प्राथमिकता दिनुनै हो । आइसशोलेसन वार्ड निर्माणमा देखिएका क मिक मजोरीहरु पछिका समयमा उठाउन सकिन्छ । अहिले भने गुणस्तरीय र दिगो वार्ड निर्माणकालागि सबैले सहयोग गर्न जरुरी छ ।
आईशोलेसन निर्माणस्थलमा अहिले श्रमदान गर्ने भन्दा पनि फोटो खिच्नेको जमात बढिरहेको छ । अनावश्यक भि डभाड गरेर वातावरण अ स्वस्थ बनाउने भन्दा पनि श्रमदान गर्न सक्नेले श्रमदान गर्ने र नसक्नेले घरमै बसेर सहयोग गर्नुपर्दछ । प्रदेश सरकारको सहयोगमा निर्माण हुन लागेको आ ईसोलेसन वार्डमा सिन्धुलीका राजनैतिक दल, जनप्रतिनिधि, निर्माण व्यवसायी संघ, नेपाल रेडक्रस सोसाइटि लगायत जिम्मेवार निकायको सक्रियता सराहनिय छ । तसर्थ, उनीहरुबाट देखिएको कमिकमजोरीलाई पछिका दिनमा प्रश्न गर्ने र अहिले भने गुणस्तरीय आईसोलेसन वार्ड निर्माणमा सबैको साथ र सहभागित आवश्यक छ । अतः छोटो समयमानै गुणस्तरीय वार्ड निर्माण होस्, शुभकामना !