सिन्धुली,७ भदौ – सिन्धुलीमा केही दिनपछि पि सि आर प रीक्षण ल्या ब संचालनमा आउने भएको छ । काभ्रेको धुलिखेलमा ल्याब उदघाटन गर्न पुग्नु भएको बागमती प्रदेशका सामाजिक बिकासमन्त्री युवराज दुलालले यस्तो जानकारी दिनु भएको हो ।
उहाँले भन्नु भयो, “भक्तपुर अस्पताल र सिन्धुली अस्पतालमा छिट्टै सिन्धुलीमा पनि पि सि आर प रीक्षण ल्या ब संचालनमा आउनेछ ।” सिन्धुलीमा ल्याब सुरु भएपछि रामेछापको प रीक्षणका लागि समेत सहज हुने मन्त्री दुलालको भनाइ छ ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आफ्नो फेसबुक पेजमा समेत सो कुराको जानकारी दिएको छ, “आजबाट धुलिखेलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको परीक्षण ल्या बबाट कोभिड–१९ परीक्षण सुरु भएको छ । अब प्रयोगशाला र धुलिखेल अस्पतालबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेको स्वाव प रीक्षण हुनेछ भने केही दिनपछि सिन्धुली र भक्तपुर अस्पतालमा पनि पि सि आर प रीक्षण ल्या ब सञ्चालन हुने सञ्चालन हुनेछ ।”