काठमाटौँ, ६ भदौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पार्टीभित्रको वि वाद ह ल गर्नको लागि आफूले ए कताको पक्षमा पहल गरेको स्पष्ट पार्दै आफू कुनैपनि गुटमा नरहेको जिकिर गरेका छन् ।
शनिबार विहान एक रेडियोबाट प्रसारण भएको अन्तरवार्तामा कुरा गर्दै उनले आगामी महाधिवेशनसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले रा जीनामा दिनु नपर्नेगरि सहमति भएको पनि स्प ष्ट पारे । उनले चैत्रमा नै महाधिवेशन हुनेपनि वि श्वास दिलाए । तपाईले के.पी. शर्मा ओलीलाई साथ दिनुभयो र प्रचण्डलाई धो का दिनुभयो अरे ? भन्ने प्रश्नमा गजुरेलले भनेका छन्,“मैले एकताको लागि पहल गरेको हो, कसैलाई साथ दिएको, कसैलाई धो का दिएको होइन । प्रचण्डले पनि ए कताको लागि पहल गर्दा अलिकति पुग्दैन कि भनेर मैले प्रधानमन्त्रीलाई टाइम लिएर भेटेको हो । त्यस्तै पर्दा उहाँले अध्यक्ष पद छो ड्ने स्थिति मैले पाएको थिएँ ।”
प्रस्तुत छ गजुरेलसँगको कुराकानी :
पार्टीको वि वादहरू सबै मिलेको हो ? सबै नेताहरू एक भएका हुन् ?
एकताको वि कल्प छैन भनेर बोध गरेर जानुपर्छ भनेर उहाँहरूले सहमति गर्नुभएको हो । सबै स मस्याहरू हल भईसकेका छैनन् । बैठकमा प्रस्ताव पेश हुन्छ । कार्यदलको सुझाव अनुसारको २ ओटा अध्यक्षले त्यसलाई फाइनल गरेर त्यो प्रस्ताव स्थायी समितिमा पेश गर्नुहुन्छ, छलफल भएपछि टुंगिन्छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले दुबै पदबाट रा जीनामा दिन नपर्ने अवस्था सिर्जना भयो ?
त्यसैमा सहमति भएको जस्तो मैले अनुभव गरेको छु ।
कति समयको लागि ?
महाधिवेशनमा गएर नयाँ प्रक्रियामा जाने भन्ने कुरा छ ।
महाधिवेशन हुन्छ ? यस्तो बेला छ, देशमा ?
चैतसम्म हुन्छ ।
तपाईलाई विश्वास छ ? अर्को चैतमा हुन्छ भन्छन् मान्छेहरूले ?
को रोना पनि त यही रेटमा जाँदैन नि त ।
समस्या त छ नि त । कोरोनाको सं क्रमण त ह्वात्तै बढेको छ ?
समस्या त छ तर सरकारले त्यसलाई अलि क डाइका साथ पोलिसीहरू पनि बनाएको छ । मलाई लाग्छ, त्यो बेलासम्म धेरै नियन्त्रण हुन्छ ।
के.पी. शर्मा ओलीले बाजी मार्नुभयो ?
पार्टी एकता भयो भन्ने कुरा सबैको जितको कुरा हो । कसैको हार र कसैको जितको कुरा होइन ।
दुबै पदमा यथावत राख्नको लागि प्रचण्ड के कारणले तयार हुनुभयो ?
नेकपा विभाजित भयो भने यसको असर समग्रमा नै यसको असर पर्छ । यसको दुरगामी न कारात्मक असर पर्ने हुनाले यसलाई ग म्भीरतापूर्वक दुई वटै नेताले लिनुभयो र प्रचण्डले पनि त्यही रूपमा लिएर एकताको लागि आफुले कैयौँ अ डानहरूबाट पछि हट्नुभयो ।
अहिले भएका मन्त्रीहरूले जनताको चाहना अनुसार काम गरेनन् भन्ने गुनासो छ नि ?
काम गरेनन् भनेर कसरी भन्ने के ? कसले कति गरेको थियो, त्यो पनि हामीले देखिरहेका छौँ । पार्टी र सरकारको बीचमा राम्रो समन्वय भएन भन्ने मुख्य कुरा हो । त्यो भयो भने जो जो मन्त्री बनाए पनि सफल हुँदैनन्, त्यो कुरा हो । पार्टीको सुझाव अनुसार सरकार चल्यो र पार्टीले त्यसै अनुसार सरकारलाई सहयोग गरेको छ भने समन्वय हुने कुरा हो । होइन भने मन्त्री त जसलाई बनाए पनि सफल हुँदैनन् नि ।
अहिलेको निष्कर्ष पार्टीको विवाद सदाको लागि अन्त्य नै होस् भन्ने नै हो ?
सदाको लागि अन्त्य हुने भन्ने हुँदैन किनभने वि वाद, ब हसलाई नराम्रो रूपमा हेर्नुभन्दा पनि पार्टीभित्र बहस र छलफल हुनु राम्रो कुरा हो ।
पदको लागि बहस भइरहेको छ, तपाईको पार्टीभित्र ?
त्यस्तो देखिरहेको छ । बाहिर जनतामा पदको लागि लडेको देखिरहेको छ तर यो विचारको बहस हो । कार्ययोजनाका बारेमा पनि त त्यहाँ बहस छन् नि त ।
त्यसोभए स्थायी समितिको बैठक हुन्छ ?
हुन्छ, हुनैपर्छ किनभने स्थायी समितिको बैठक बोलाएको छ, त्यो टुं गिएकै छैन । त्यो बैठक टुं गिनु त पर्छ ।
तर विवाद त स्थायी समितिको बैठकबाट सुरु भएको हो नि ?
विवाद त पहिलेदेखि नै थियो । निरन्तर विवाद नै छ ।
प्रधानमन्त्रीको राजीनामा त स्थायी समितिले माग्यो नि त ?
स्थायी समितिले मागेन किनभने स्थायी समितिले निर्णय कहाँ गरेको छ र ? कतिपय नेताहरूले माग्नुभयो ।
तर तपाईहरूको रणनीति त त्यही थियो नि त । प्रधानमन्त्रीलाई जसरी पनि हटाउने ?
मेरो थिएन । जसरी हुन्छ हटाउने भन्ने कुरा मेरो थिएन । पदबाट हटाउने भन्ने कुरामा मेरो असहमति नै हो । प्रधानमन्त्रीले मदन भण्डारीको स्मृति दिवसमा केही कटुता बोलिदिएको हुनाले केही कुरा उठेको थियो । त्यसले गर्दा राजीनामाको माग पनि उठ्यो । त्यसमा म सहमत होइन ।
तपाई कतातिर हो, यतिखेर ?
म एकताको पक्षतिर हो ।
तपाईले के.पी. शर्मा ओलीलाई साथ दिनुभयो, प्रचण्डलाई धोका दिनुभयो ?
मैले एकताको लागि पहल गरेको हो, कसैलाई साथ दिएको, कसैलाई धोका दिएको होइन । प्रचण्डले पनि एकताको लागि पहल गर्दा अलिकति पुग्दैन कि भनेर मैले प्रधानमन्त्रीलाई टाइम लिएर भेटेको हो । त्यस्तै पर्दा उहाँले अध्यक्ष पद छोड्ने स्थिति मैले पाएको थिएँ ।