अभिनेता भुवन केसी र जिया केसी लि भिङ टु गेदरमा छन् भन्ने हल्ला अब नौ लो रहेन । केही वर्षदेखि यो चर्चित लभ बर्ड भुवनको पुरानो बानेश्वरस्थित घरमा बस्दै आएको बताइन्छ । यद्यपि लि भिङ टुगेदर र प्रेमसम्बन्धका बारेमा न भुवन केही बो ल्छन्, न जिया नै मुख खोल्छिन् ।
गु पचुप रूपमा डेटिङमा रमाइरहेको यो जोडीको सम्बन्ध नेपाली फिल्मी बजारमा छ ता छु ल्ल फैलिएको छ । साथी मात्र हौं भन्दै प न्छिने जिया र भुवनले देश–विदेशको भ्रमण सँगै गरे पनि किन आफ्नो सम्बन्धलाई साथीको नाम मात्र दिइरहेका छन्, त्यो उनीहरूलाई मात्र थाहा छ ।

भुवन र जियाले आफूहरूबीचको स म्बन्ध लु काउन ह दैसम्मको प्र यास गरें, तर त्यो सधैं सम्भव हुने कुरा थिएन । चलचित्र ‘कृ’ को एउटा गीतको छायांकनका लागि स्कटल्यान्ड जाँदा भुवनले जियालाई पनि सगैं लगेका थिए । एयरपोर्टमा जियालाई केही समय लु काउन खोजे पनि मिडियाले देखेपछि भुवनले बा ध्य भएर जियालाई आफूतिर ल्याएर सँगै तस्बिर खिचाए । यसअघि चलचित्र ड्रि म्सको छायांकनका बेला जिया पोखरा पुगेकी थिइन् ।
भुवन जियालाई लिएर चलचित्र क्याप्टेनको लो केसन खोज्न सिक्किम पुगे । पछिल्ला घ टना क्र महरूबाट भुवन र जियाको सम्बन्ध कति नजिक छ, अनुमान लगाउन गाह्रो पर्दैन । मित्रता गाँसिएसँगै भुवन र जिया नेपालका धेरै ठाउँ पुगेका छन् । यद्यपि जहाँ पुगे पनि यो जोडीले सँगै तस्बिर खिचाएर फेसबुकमा राखे पनि प्रेम सम्बन्धमा परेको कुरा भने सार्वजनिक गरेका छैनन् ।

जियाले भुवन र अनमोलसँगका आफ्ना तस्बिर सेयर गरिरहेकी छिन् भने भुवन पनि बेलामौकामा जियासँगका तस्बिर सेयर गरिरहेका हुन्छन् । जियाले भुवन र अनमोलसम्बन्धी समाचारहरू नि रन्तर सेयर गरेर परिवारकै सदस्य हुँ भन्ने झझल्को दिइरहेकी छिन् सामाजिक सञ्जालमा पनि । जिया र भुवन कैयौं पटक सँगै चलचित्र हेर्न पुगेका छन् ।
जियाको बढ्दो भूमिका
जिया भुवनको परिवारलाई आफ्नो हातमा लिन खोजिरहेकी छिन् । उनले भुवनपुत्र अनमोल केसीका लागि अभिनेत्री छनौट गर्नेदेखि मिडियासँग सम्बन्ध बनाउने कुरामा समेत भूमिका निर्वाह गर्दै आएको पाइन्छ । धेरैलाई थाहा नहुन सक्छ, चलचित्र ‘ड्रि म्स’ की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई जियाले नै रोजेकी थिइन् । चलचित्र ‘क्याप्टेन’ का लागि दुई जना नव–अभिनेत्री उपासनासिंह ठकुरी तथा प्रियंका एमभी यी दुवै अभिनेत्री पनि जियाले नै खोजेकी हुन् ।

उनले इन्स्टाग्राममा तस्बिर देखेपछि आफैंले उपासना र प्रियंकासँग कुराकानी गरेकी थिइन् । उपासनाले केही समयअघि कुरा गर्दै भनेकी थिइन्, ‘मलाई चलचित्र खेल्छु भन्ने लागेको थिएन, तर जिया दिदीले मेरो तस्बिर इन्स्टामा देखेपछि बोलाउनुभयो । उहाँले चलचित्रमा काम गर्न प्रोत्साहित गर्नुभयो र म तयार भएँ ।’ अर्की अभिनेत्री प्रियंकाको खोजी पनि जियाले नै गरेकी हुन् । जियासँग कुरा भएपछि प्रियंका यो टिमसँग जोडिएकी थिइन् । यो मामिलामा जियाको रो जाइलाई नै भुवन र अनमोलले सदर गरेका हुन् ।
स्वीकार गर्न किन गाह्रो ?
भुवन र जियाको मित्रता गाँसिएको लामै समय भैसकेको छ । फेसबुकमा जिया र भुवनका ट न्नै तस्बिर सेयर भैसकेका छन् । उनीहरू देशविदेश सँगै घुमेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा सँगै पुगेका छन् । मिडियाले उनीहरूका बारेमा प्रशस्त समाचार तथा ग सिप सार्वजनिक गरिरहेका छन् । अनलाइन, युट्युब तथा पत्रपत्रिकामा उनीहरूको सम्बन्धलाई लिएर अनेकन् खबर छापिएका छन्, तर उनीहरू आफैंले भने ती समाचारमा कुनै ध्या न दिएका छैनन् ।
अनौठो प्रेमकथा
उमेरले ६० वर्ष नाघेका भुवन केसी अझै पनि उत्तिकै आकर्षक देखिन्छन् । कहिल्यै जिम र व्या याम नगर्ने भुवन उत्तिकै ह्या न्डसम पनि छन् । केसी चलचित्रका स र्वा्धिक सफल कलाकारसमेत हुन् । उनी अभिनयमा पनि सफल छन् । उनले निर्माण गरेका अधिकांश चलचित्र सुपर हि ट भएका छन् । यद्यपि भुवन पारिवारिक हिसाबले भने असफल मानिन्छन् । अनमोल, विवेक र काजलका बुबा भुवनले जियालाई पारिवारिक रूपमा एकदमै न जिक बनाइसकेका छन् । दुई पटक श्रीमतीलाई रि झाउन नसकेका भुवनले अहिले जियालाई भने विवाह नै नगरी श्रीमतीजस्तै बनाएर मात्र किन राखेका होलान् ? भन्ने प्रश्नको र हस्य अहिलेसम्म रहस्यमै छ ।

भुवनको दा म्पत्य जीवनलाई फर्किएर हेर्दा मागि विवाह टि केन, भा गी विवाह पनि टि केन । दुवै विवाह टु ट्नुमा भुवनकै हात छ भन्ने आ रोप पनि नलागेको होइन । भुवनकी पहिलो श्रीमती थिइन् विजया मल्ल । उनीसँग भुवनले मा गी विवाह गरेका हुन । छोरी काजल र विवेकको जन्मपछि भुवन र विजयाबीचको सम्बन्धमा फा टो आएको हो । विजया सम्बन्ध-विच्छेद गरी छोरा र छोरी लिएर अमेरिका गइन् । मा गी विवाह नटिकेपछि भुवनले भा गी बिहे गरे सुस्मिता बमजनसँग । विवाहपछि सुस्मिताले चलचित्रमा काम गरिन् । उनी पहिलो चलचित्रबाटै हि ट भइन् ।
सुस्मिताले ‘करोडपति’ बाट डेब्यु गरेकी हुन् । भुवनसँगको विवाहपछि सुस्मिताले छोरा अनमोललाई जन्म दिइन् । सुस्मिताको व्यवसायिक जीवन राम्रो गतिमा अघि बढिरहेकै बेला भुवनसँग भने ठा कठु क पर्न थाल्यो । बिस्तारै उनीहरूको सम्बन्ध बि ग्रँदै गयो । अन्ततस् उनीहरू कानुनी रूपमै अ लग भए । सुस्मिताको पछिल्लो चलचित्र पिं जडा ब्याक अगेन केही समयअघि मात्र प्रदर्शनमा आएको थियो । यो जोडीका एक मात्र सन्ता न अनमोल केसी अहिलेका चर्चित अभिनेता हुन् । भुवनले दुईवटा विवाह न टिकेकै कारण तेस्रो विवाहप्रति अ निच्छा देखाएका हुन सक्छन् । त्यसैले उनी जियालाई एकदमै मिल्ने साथीमा सीमित राख्न चाहन्छन् ।

भुवन बि न्दास स्वभावका अभिनेता हुन । अनमोल चम्किएसँगै भुवन निकै खुसी छन् । केसी भन्छन्, ‘अनमोल नेपालको पहिलो त्यस्तो सेलिब्रेटी हो, जसको जत्तिको स्टारडम अहिलेसम्म कसैले कमाउन सकेन ।’ अनमोलको कामप्रति आफू निकै खुसी र सन्तुष्ट भएको उनी बताउँछन् ।
भुवनले अनमोललाई आफ्नो इ सारामा चलाइरहेको आ क्षेप पनि न लगाइने होइन, तर भुवन भन्छन्, ‘अनमोल मेरो छोरा मात्र हो, बाहिरी दुनियाँका लागि ऊ कलाकार हो, उसलाई अभिभावकका हिसाबले सम्झाउने र सुझाव दिनेबाहेक म अरू कुनै ह स्तक्षेप गर्दिनँ । उसको जीवनमा उसकै डि सिजन चल्छ ।’ भुवनका अहिले दुई सारथि छन्ः अनमोल र जिया । यी दुई पात्रले भुवनलाई परिवारमा कसैको अभाव महसुस हुन दिएका छैनन् ।
खुल्लमखुल्ला हिँडिरहेको यो जोडी औपचारिक रूपमा विवाह गरेर कहिले श्रीमान्–श्रीमतीको हैसियतमा पुग्ने हुन् भन्ने कुरा थाहा पाउन केही समय कुर्नैपर्छ । उनीहरूको सम्बन्धका जानकार निकटतम व्यक्तिहरू पनि दुई प्रकारका टिप्पणी गर्छन् ।

कतिपय जिया र भुवनको विवाह हुने सम्भावना प्रबल छ भन्छन् भने कतिले उनीहरू अहिले जुन हिसाबले सम्बन्ध अघि बढाइरहेका छन्, त्यसमै सीमित हुन्छन् पनि भन्छन् । उनीहरूको घरमा निरन्तर पुग्ने एक चलचित्रकर्मी भन्छन्, ‘जिया र भुवनजीलाई मैले धेरै समयदेखि साथै देखिरहेको छु, विवाह नभए पनि उहाँहरूबीच राम्रो तालमेल भए सक्किगो नि ।’ कुनै बेला जियाले आफू ‘भुवनसँग विवाह गर्न तयार रहेको’ बताउँदा त्यसलाई ठट्टाका रूपमा लिइएको थियो ।
भुवनले पनि उक्त टिप्पणीमा जियाले फ्यानका हिसाबले भनिन् होला भन्दै जवाफ फर्काएका थिए । जियाले २०७२ सालको दसैंमा भुवन केसीको घरमै पुगेर सँगै टीका लगाउनुलाई निकै अर्थपूर्ण मानिएको थियो भने कतिपयले उनीहरूको विवाह भैसकेको आशंकासमेत गरेका थिए ।
जियाले केही वर्षअघि नै भुवनलाई मन पराउँछु भनिसकेकी थिइन् । जिया र भुवननिकटका अर्का चलचित्रकर्मी भन्छन्, ‘बाहिर कस्तो हल्ला छ थाहा भएन, तर उहाँहरूको सम्बन्ध घनिष्ठ छ । यो सम्बन्ध लामो समयदेखि चलिरहेको छ । अब त्यो लिभिङ टुगेदर हो कि मित्रता मात्र ? त्योचाहिँ उहाँहरूलाई नै थाहा होला ।’
को हुन् जिया ?
दीपक श्रेष्ठले निर्माण गरेको चलचित्र ‘हो यही माया हो’ बाट रंगीन संसारमा प्रवेश गरेकी हुन्— जिया केसी । झापाबाट अभिनेत्री बन्न काठमाडौं आएकी जियाले उक्त चलचित्रपछि एटिएम, ब र्बाद, वाचा, रिङरोड, रङ वे आदि चलचित्रमा अभिनय गरिन् । पछिल्लो समय भने उनी चलचित्र अभिनयबाट लगभग अलगजस्तै छिन् ।

जिया यो विषयमा केही बोल्न चाहन्नन्, तर जियाले यसअघि बोलेका धेरै कुरा युट्युबमा फेला पार्न सकिन्छ । उनका पुराना अन्तर्वार्ताहरूबाट पनि धेरै कुरा प्रस्ट हुन्छ । एक समाचारमा जनाइएअनुसार जिया भन्छिन्, ‘उहाँ (भुवन केसी) मलाई अत्यन्तै मन पर्नुहुन्छ । उहाँ स्टार हो । उहाँको स्टाइल, गेटअपदेखि सबै कुरा राम्रो छ । मलाई उहाँ छोटो समयमै निकै मन पर्नुभएको हो । उहाँ मेरा बारेमा के सोच्नुहुन्छ थाहा छैन, तर म भने उहाँलाई एकदमै मन पराउँछु ।
के चाहन्छिन् सुस्मिता ?
सुस्मिताले भुवन, अनमोल तथा जियाका बारेमा बोल्न भने छाडेकी छैनन् । उनी भुवन केसीको निकै चर्को आ लोचना गर्छिन् भने जियाका सम्बन्धमा पनि टी का–टि प्पणी गरिरहेकी हुन्छिन् ।

सुस्मिताले फेसबुकमा राख्ने स्टाटस मिडियाका लागि मसला भैरहेका छन् । यता भुवन सुस्मिताका बारेमा कुरा गर्न चाहँदैनन् । सदावहार नायक केसी भन्छन्, ‘उहाँका बारेमा कुरै नगरेको राम्रो । खै किन नचाहिने कुरा गरिरहनुभएको छ, थाहा छैन । बरु खुरु–खुरु आफ्नो काममा लागे हुन्थ्यो नि !’
यसो भन्छन् भुवन
यसअघि मिडियामा धेरै कुरा भनिसकेकाले म यो विषयमा धेरै बोल्न चाहन्नँ । म के सम्म भन्छु भने हामीले विवाह गर्ने–नगर्ने विषयमा केही सोचेका छैनौं । सोच्दै नसोचेको विषयमा केही भन्न मिलेन ।

भविष्यको कुरा त्यति नै बेला थाहा होला । जिया निकै असल साथी हुन्, मेरी राम्रो साथी हुन्, शुभचिन्तक हुन् । उनको बोली–व्यवहारदेखि लिएर सबै कुरा राम्रो छ । सहयोगी भावना छ । नेगेटिभ पक्ष कहीं–कतै देख्दिनँ । उनको जति प्रशंसा गरे पनि कम नै हुन्छ ।
रामजी ज्ञवाली (नारी कान्तिपुरबाट साभार)