काठमाडौँ,६ भदौ – नेपाल सरकारले कोभिड–१९ का एकजना बिरामी फेला पार्न एक लाखभन्दा बढी रुपैयाँ खर्च गर्नुपरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोभिड–१९ का एक जना बिरामी फेला पार्न सरकारले एक लाख चार हजार ६३० रुपैयाँ खर्च भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ को परीक्षणमा मात्रै हालसम्म नेपाल सरकारले तीन अर्ब १४ करोड ९४ लाख रुपैयाँ खर्चेको जानकारी दिनुभयो । कोभिड–१९ को परीक्षणका लागि स्वास्थ्य मन्त्रालयले पाँच हजार पाँच सय रुपैयाँ मूल्य तोकेको छ । निजी अस्पतालमा समेत कोरोनाको परीक्षण भइरहेको छ । स्वास्थ्य निर्देशिकाले निजी अस्पतालले कोरोना परीक्षण गर्दा पाँच हजार पाँच सय रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
विदेश जानुपर्ने तथा कोभिड–१९ सं क्रमितको सम्पर्कमा आएको आशंका हुनेले आफ्नै खर्चमा परीक्षण गराउँदैआएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमले सार्वजनिक गर्नुभएको तथ्यांकमा व्यक्तिगत तवरमा गरिएको परीक्षणको खर्चसमेत जोडिएको छ ।
शुक्रबारसम्म कोरोनाभा इरसका ३० हजार ४८३ जना सं क्रमितको पुष्टि भएको छ । तीस हजार ४८३ सं क्रमित फेला पार्न मन्त्रालयले पाँच लाख ७९ हजार ८९९ जनाको परीक्षण गरेको थियो । जसमध्ये पाँच लाख ४९ हजार ४१६ जनामा सं क्रमण देखिएन । यसरी प्रति सं क्रमित फेला पार्न करिब एक लाख चार हजार ६३० रुपैयाँ खर्च हुन पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताउनुभयो ।
“जनस्वास्थ्यभन्दा ठूलो केही छैन तर पनि सं क्रमित फेला पार्न भइरहेको खर्चको आधारमा पनि नागरिक स्वयं सचेत हुन जरुरी छ ।”, डा. गौतमले आग्रह गर्नुभयो । उक्त खर्चमा स्वाब संकलनका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत् सुरक्षा उपकरण (पहिरन) लगायतको खर्च जोडिएको छैन् । प्रति पीपीईको दर औसतमा कम्तीमा एक हजारदेखि चार हजारसम्म पर्छ । स्वाब संकलनको लागि खटिने स्वास्थ्यकर्मीको पारिश्रमिक, प्रयोग हुने संशाधन लगायतको खर्च समेत उक्त परीक्षण खर्चमा जोडिएको छैन् ।
प्रवक्ता गौतमका अनुसार नेपालमा कोरोना भा इरसबाट सं क्रमितको संख्या ३० हजार नाघेको छ । देशभर शुक्रवार ८३८ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सं क्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएकामा ५४६ पुरुष र २४२ महिला छन् । हालसम्म १८ हजार २१४ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा २५० जना सं क्रमित निको भएर घर फर्किएका छन् ।
देशभर हाल १३३ सं क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताउनुभयो । हाल देशभर १२ हजार १३२ जना सक्रिय सं क्रमित रहेका छन् । यस्तै १२ हजार २३४ क्वारेन्टिनमा तथा १२ हजार १३२ जना आइसोलेसनमा रहेका प्रवक्ता गौतमले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोरोना सं क्रमित भेटिएका छन् । प्रदेश नं १ को सात जिल्लामा ८९, प्रदेश नं २ को ७ जिल्लामा १७९, बागमती प्रदेशको १० जिल्लामा २५०, गण्डकी प्रदेशको ६ जिल्लामा २७, प्रदेश नं ५ को १० जिल्लामा ५९, कर्णाली प्रदेशको ४ जिल्लामा ५८ तथा सुदूरपश्चिमको ६ जिल्लामा १७६ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
हाल १२ हजार २३४ जना क्वारेन्टिनमा छन् । १२ हजार १३२ जना आइसोलेसनमा छन् । कोभिड–१९ को सं क्रमणबाट हालसम्म १३७ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा मात्रै ११ जनाको मृत्युको पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले कर्फ्यु लगाइएको अवधिमा समेत बाहिर सडकमा हिँडडुल गर्ने देखिएकोले आफूसँगै अन्यलाई समेत जोखिममा पार्ने गरी जनस्वास्थ्यसँग लापरवाही नगर्न सचेत गराउनुभएको छ ।
काठमाडौं उपत्यकामा थपिए १८२
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १८२ जना कोरोना सं क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएका मध्ये काठमाडौँका १४२, ललितपुरका २५ र भक्तपुरका १५ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा १०९ जनामा कोरोना सं क्रमण पुष्टि भएको थियो ।