शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज भदौ ६ गते शनिबारको राशिफल र मौसम

शनिवार , भाद्र ६, २०७७

बि.सं.२०७७ साल भदौ ६ गते शनिबार ई. सं. २०२० अगस्त २२, नेपाल सम्बत ११४० ञंलाथ्व चतुर्थी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल चतुर्थी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, साध्य योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५:३९ बजे, सूर्यास्त साँझ ६ : ३५ बजे हुनेछ ।

आज जन्म लिने बच्चाको कन्या राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ७ बजेर १५ मिनेट देखि ८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला । व्यापारमा हानी व्यहोर्नु पर्छ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुने छैन । चोट पटकको भय पनि छ । माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– नसोचेका कामहरु बन्ने छन् । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्म प्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– काममा बाधा अड्चन आउने छ । वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । नसोचेको ठाउँबाट धनागमको संकेत पनि छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । ब्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– काममा माता पिताको सहयोग प्राप्त होला । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुची बढ्नेछ । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साह प्रद देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । पारिवारिक समस्याले मन खिन्न हुनेछ

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । मानसिक तनावको सिर्जना हुनेछ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– मनग्य धन कमाउने अवसर मिल्नेछ । परोपकारी विचार आउन सक्छन, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– तपाईंको बोलीको कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । धन लगानी गर्ने अवसर पाउनुहुनेछ । परिवारका सदस्य वा नजिकैको साथीले पनि तपाईंका मनका भावना बुझी दिंदैनन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । बिग्रिएका कामहरु बन्ने छन् । व्यक्तिको सहयोग प्राप्त हुनाले कार्य सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउन सक्छन ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ।

आज दिउँसो :- देशभर आंशिक देखि सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती :- देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मे घगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया