शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा एकै दिन थपिए धेरै सं क्रमित ,(बिस्तृत बिबरण सहित)

शुक्रवार , भाद्र ५, २०७७

सिन्धुली,५ भदौ – सिन्धुली जिल्लामा फेरी एकै दिन शुक्रबार नौ जना कोरोना सं क्रमित बि रामी थपिएका छन् ।

पिसिआर परिक्षण गर्न जिल्ला स्वास्थ्य कार्यालयले २४५ जनाको स्वाब हेटौडा पठाएको मध्ये आठ जना र सुनकोसी गाँउपालिकाले ४७ जनाको स्वाब धुलिखेल पठाएका मध्ये एक जना गरी नौ जनाको रिपोर्ट कोरोना सं क्रमण पुष्टि भएको छ । बाँकीको पिसिआर परिक्षण रिपोर्ट निगेटिभ आएको पनि सिन्धुली अस्पतालले जनाएको छ ।

यो सहित सिन्धुली जिल्लामा कोरोना सं क्रमित बिरामीको संख्या ४३ पुगेको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हेटौडाबाट कोरोना सं क्रमण पुष्टि भएका आठ जना मध्ये पाँच जना जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा कार्यरत, भू–संरक्षण कार्यालयको क्वारेन्टिनमा बसेका दुई जना र बद्र्धबहादुर गणमा कार्यरत एक जना नेपाली सेना रहेका छन् ।

कमलामाई नगरपालिका– ६ का ५६ बर्षिय, ३४ बर्षिय, २८ बर्षिय, वडा नं. ७ का २६ बर्षिय, ३३ बर्षिय, ३० बर्षिय, १३ बर्षिय, हरिहरपुरगढी गाँउपालिकाका ३१ बर्षिय पुरुष र सुनकोसी गाँउपालिकाका ६२ बर्षिय बृद्धमा कोरोना सं क्रमण पुष्टि भएको अस्पतालका व्यवस्थापक श्रेष्ठले सुनाउनुभयो ।

संक्रक्रमित नौ नयाँ बिरामी मध्ये पाँच जनाले जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयमा नै र अर्का एक जनाले होमक्वारेन्टाईनमा नै बसेर उ पचार गर्ने बताएका छन् । बाँकी तीन जनालाई भने एपोलो अस्पतालको आईसोलेसनमा भर्ना गरी उपचार गरिने उहाँको भनाई छ ।

सुनकोसी गाँउपालिमा भने कोरोना संक्रमित बिरामीको संख्या दुई पुगको गाँउपालिकाले जनाएको छ । सुनकोसी गाँउपालिका सं क्रमित बृद्धलाई आ इसोलेसनमा भर्ना गरी उपचार गर्न सदरमुकाम सिन्धुलीमाढीस्थित एपोलो अस्पतालमा ल्याईदै गरेको गाँउपालिका अध्यक्ष दिपा बोहोराले बताउनुभयो । अहिले सं क्रमित बृद्धको सुनकोसी गाँउपालिका–६ स्थित घर सिल गर्ने र पारिवारका सदस्यलाई गाँउपालिका ल्याउने तयारी भई रहेको उहाँको भनाई छ ।

उहाँले सं क्रमित बृद्ध लुकेर बिराटनगर गई झण्डै दुई महिना बसेर स्वाब सं कलन हुनभन्दा एक दिनअघि आफ्नो घरमा आउनु भएको जानकारी दिनुभयो ।

यसअघि सुनकोसी गाँउपालिकाको वडा नं. ४ कोटगाँउ स्थित सिद्ध माध्यमिक विद्यालयमा कार्यरत एक जना शिक्षकमा कोरोना भाईरसको सं क्रमण पुष्टि भएको थियो । गाँउपालिकाले कोरोनाका बिरामी देखिसँगै भदौ १३ गतेसमम १५ दिनका लागि लकडाउन घोषणा गरेको छ । गाँउपालिका अध्यक्ष दिपा बोहोराले भन्नुभयो, “सर्बदलिय बैठकले उक्त घोषणा गरेको हो । अत्यावश्यक बाहेक सबै गतिविधि बन्द गर्ने गरी गाँउपालिकाभरी स टडाउन घोषणा भएको छ ।”

हाल एपोलो अस्पतालमा १६ जना, सिन्धुली अस्पतालमा एक जना गरी १७ जना बिरामीको उपचार भई रहेको सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले सुनाउनुभयो । उहाँका अनुसार सिन्धुलीमा भेटिएका कोरोना सं क्रमित चार जना नेपाली सेनालाई भने बलम्बुमा सशस्त्र प्रहरीको क्याम्पमा उपचार भई रहेको र धुलीखेल अस्पतालमा एक जनाको उपचार भई रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सबै बिरामीको अवस्था सामान्य रहेको पनि बताउनुभयो ।

सिन्धुली जिल्लामा अहिलेसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।

प्रतिक्रिया