काठमाडौँ काठमाडौं ५ भदौ – नेपाली सांगीतिक आकाशमा रामकृष्ण ढकालको स्वरको प्रशंसा हुन्छ । रामकृष्ण ढकालको कथाको ब यान गरिएको हुन्छ ।
बाटोमा गाउँदै हिडेका थिए ढकाल । ढकालले स्वर भगवान्बाट उपहार पाएका थिए । उनको स्वरलाई चिनेर उनलाई राजधानीमा ल्याइएको हो । ढकालले भगवान्बाट पाएको हुँ मैले स्वर भनेर सुर, ताल नै न सिकेर बसेको भए उनी सुगम संगीतका प्रख्यात गायक बन्ने थिएनन् ।
आफ्नो स्वरलाई उनले मा झेका हुन् । मा झेर कर्णप्रिय बनाएर उनी लोकप्रिय बने । अझै पनि उनी सिकिरहेको छु भनेर भन्छन् ।
गायक वा गायिका बन्छु त्यो पनि राम्रो भन्ने जसले पनि संगीतको सुर, ताल, राग, सारेगममा रमाउने गरेका छन् । क मजोरी सिकेका छन् र अब्बल आएका बनेका छन् । आज आएर भोली हराउने भा इरल गायकहरु अहिले कहाँ छन् ?
ऋषि धमलाको कार्यक्रममा पुगेर सुर न ता लमा गीत गाएपछि गायक दुर्गेस थापाको आ लोचना बनेको हो । गीत पनि उ ल्टो गाइदिए उनले । यसको आ लोचना भएपछि दुर्गेसले ज वाफ दिएर आ लु जस्तो गायक रिलिज गरे ।
गीतमा दुर्गेसले आफ्नो आमा पढ्दै नपढेकी, बाबाले पनि गीत नलेखेकोले आफूले सुर ताल कसरी जान्ने भनेर जवाफ दिएका छन् ।
दुर्गेसले आफ्नो ग ल्ती लु काउन ग लत तर्क गरे । गायक बन्छु भनेर राजधानी आएपछि उनले सुर र ताल सिक्नुपर्ने हो कि होइन ? अब म गायक बन्छु भनेर लागेपछि ह चुवाको भरमा, सुर र ताल नै नजानी गीत गाउँदा के हुन्छ, उनले भो गिसके ।
अझै पनि उनले सुर र ताल कसरी सिक्नु भन्दैछन् । यो देशमा उच्च पदमा पुगेका, आफ्नो विधामा राम्रो नाम कमाएका धेरैले त्यसमा लाग्छु भनेरै सिकेका हुन् । पत्रकार बन्न बाबु वा आमाले पत्रकारिता पढ्नै पर्छ र, हिरोका सबै बा आमाले अभिनय गरेका छन् र ?
आफू नसिक्ने, आफू जान्न नखोज्ने अनी सुर र ताल मैले कहाँबाट सिक्नु भन्ने कु तर्क गरेर होला र ?
सुर र ताल नै नसिकेर आएको गायकसँग प्रश्न सबैले गर्छन् । अब, पनि मैले सुर ताल कहाँबाट सिक्नु भन्दै वे सुरामा गीत गाउने कि सि क्न तिर लाग्ने दुर्गेसले ।
अहिलेको समयमा चलेका गायक गायिकाले गुरु बनाएर सिकिरहेका छन् र नाम बनाएका छन् । यस्ता कु तर्क गर्न भन्दा बरु राम्रो गायक बन्नु छ भने सुर ताल, सारेगम सिक्नतिर लाग्दा राम्रो हुन्छ दुर्गेस जी ।मेरो फिल्मबाट ।