काठमाडौँ ५ भदौ – गायक प्रमोद खरेल तीजको ब्रत बसेका छन्। उनले आफू तीजको ब्रत बसेको जानकारी ट्विटमार्फत दिएका छन् ।
यसअघिका वर्षसम्म श्रीमतीले आफ्ना लागि ब्रत बसेको उल्लेख गर्दै गायक खरेलले यो वर्ष भने श्रीमतीले ब्रत बस्न नसक्ने हुँदा आफूले ब्रत बस्ने निर्णय लिएको बताएका छन् ।
‘श्रीमतीले आजको दिन सधैँ श्रीमानको लामो आ युको लागि ब्रत बस्छन्, तर उनी बिराम भएको तीन महिना भयो, सुधार धेरै भएपनि उनी यसपाली सक्दिँनन् । यसपाली म उनको लागि किन नबस्ने ? यसपाली मैले उनको लागि ब्रत बस्दैछु ’, खरेलले भनेका छन् ।
खरेल दम्पतिलाई पुत्रीलाभ हुँदा आमा र शिशुको स्वा स्थ्यमा स मस्या उत्पन्न भएको थियो । खरेलकी श्रीमती दीपा अहिले स्वा स्थ्यलाभ गरिरहेकी छन्।
https://twitter.com/kharel777/status/1296647413512302592