एजेन्सी, ४ भदौ – भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले १५ अगस्टमा स न्यास घोषणा गरेका छन् । यससँगै उनीसँग जो डिएका कि स्साहरु फेरि च र्चामा छन् ।
शान्त स्वभावका कारण धोनी ‘क्याप्टेन कु ल’ उपनामले पनि चिनिन्छन् । आफ्नो ब्याटिङ, विकेटकिपिङ र कप्तानीका लागि उत्कृष्ट ठहरिएका धोनी क ठिन परिस्थितीमा पनि शान्तसँग टिमलाई सम्हाल्थे, कहिलेकाहिँ नतिजा उ ल्ट्याइदिन्थे । खेल मैदानभित्रका उनका उपलब्धिबारे चर्चा गर्ने हो भने पुस्तकको पाना भरिन्छ ।
आज उनको व्यक्तिगत जीवनबारे चर्चा गर्दैछौँ । जतिबेला उनी क्रिकेट मैदानमा जमेका थिए, त्यति नै बेला उनको लभस्टोरी पनि चर्चामा थियो ।
समाचारअनुसार कुनै बेला उनको नाम बलिउड सुन्दरी दीपिका पादुकोणसँग जोडिएको थियो । तर छोटो समयमै दुवै एकअर्कासँग टा ढिए ।
आखिर किन ?
यस समय धोनी टिमका कप्तान थिए र उनको क रियर उचाईमा थियो । त्यस्तै, अर्कोतर्फ दीपिका पनि बलिउडमा जमेकी थिइन् । यही क्रममा धोनीले दीपिकालाई आफ्नो खेल हेर्नका लागि रंगशालामा बोलाए, दीपिका गइन् । यसरी दुईबीच भेटघाटको सिलसिला सुरु भयो ।
धोनीले आफैं यस विषयको खुलासा गरिसकेका छन् कि दीपिका उनलाई निकै मनपथ्र्यो । मिडिया रिपोर्टलाई आधार मान्ने हो भने दीपिकाले भनेपछि नै धोनीले त्यतिबेला आफ्नो कपाल काटेका थिए । धोनीलाई दीपिका यति धेरै मन परिसकेको थियो कि उनी जीवनसाथी बन्न चाहन्थें । तर यति नै बेला धोनीलाई थाहा भयो कि उनका साथी पनि दीपिकालाई मन पराउँछन् । यी साथी थिए, भारतका स्टार क्रिकेटर युवराज सिंह ।
युवराजले पनि दीपिकालाई मन पराउँछन् भन्ने थाहा भएपछि धोनीले साथीका लागि प्रेमको ति लाञ्जली दिए ।
यसपछि युवराज सिंह र दीपिकाको अफेयरबारे मिडियामा लगातार समाचार बन्न थाले । २००७ मा दीपिका युवराजलाई समर्थन गर्न जयपुर पनि पुगेकी थिइन् । मिडियामा त दीपिका र युवराजले इन्गेजमेन्ट गरेको समाचार समेत आइसकेको थियो ।
यस्ता अ फवाहमा त्यतिबेला थप बल पुुग्यो, जब दीपिकाको २२ औं जन्मदिनमा सिड्नीको एक रेस्टुरेन्टमा दुुबैजना डिनर गर्दै गरेको अवस्थामा भेटिए । यद्यपी, दीपिकाले यी सबै समाचार अ फवाह मात्रै रहेको दाबी गरेकी थिइन् ।
महेन्द्र सिंह धोनीले वर्ष २०१० मा साक्षी रावतसँग विवाह गरे, युवराजले २०१६ मा बलिउड अभिनेत्री हेजल किचसँग विवाह गरे । २०१८ मा बलिउड अभिनेता रणवीर सिंहसँग दीपिकाको विवाह भयो ।