शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बलिउडमा सबैभन्दा धेरै कमाउने ५ नायिका

बुधवार , भाद्र ३, २०७७

काठमाडौँ,३ भदौ – फिल्म उद्योगमा नाम तथा कमाइ गर्ने कलाकार धेरै छन् । भारतीय फिल्म उद्योग ठूलो उद्योग हो जहाँ सयौं कलाकारले नाम र दाम कमाइरहेका छन् । धेरै कमाउनेमा पुरुष कलाकार मात्र होइन महिला कलाकार अर्थात अभिनेत्री पनि रहेका हुन्छन् ।

बलिउडमा सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीहरुमा दीपिका पादुकोण र अनुष्का शर्मा जस्ता अभिनेत्रीहरुको नाम सबैभन्दा अगाडि आउँछ । पछिल्लो समय कुनै पनि फिल्ममा नदेखिएकी अनुष्का शर्माले उत्तिकै कमाई गरिरहेकी छिन् । उनले ‘पाताल लोक’ र ‘बुलबुल’ को प्रोड्युसरको रुपमा काम गरेकी अभिनेत्री शर्माले निकै राम्रो काम गरिरहेकी छिन् ।

आलिया भट्ट:

बलिउड चर्चित नायिका आलिया भट्ट पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको पहिलो नम्बरमा आउँछिन् । उनी सन् २०१९ को फोब्र्सको सूचिमा समेत सामेल भएकी थिइन् । उनको पछिल्लो कमाई ५९.२१ करोड रहेको छ ।

प्रियंका चोपडा :

ग्लोबल आइकन प्रियंका चोपडा जोनास पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको टप १०० को सेलिब्रेटीको सूचिमा पर्छिन् । उनी ४९ नम्बरबाट १४ औं मा आइपुगेकी छिन् ।

पछिल्लो समय प्रियंकाको कुल कमाई २३ ४ करोड थियो । उनको इन्स्टाग्राममा धनिको सूचिमा २०१९ की सबैभन्दा धनि भारतीय सेलिब्रेटीको रुपमा पनि नोमिनेसन भएकी थिइन् । उनी पछिल्लो समय इन्स्टाग्रामको एउटा पोस्ट बराबर १.९२ करोड चार्ज लिन्छिन् ।

दीपिका पादुकोण :

सबैभन्दा धनि अभिनेत्रीको सूचिमा नाम सधैँ अगाडि आउँने अभिनेत्री दीपिका पादुकोण हुन् । उनी सन् २०१८ मा ४८ करोड कमाई गरेर १० औं नम्बरमा पर्न सफल भएकी थिइन् । तर अहिले उनको नाम चौँथो नम्बरमा पुगेकी छिन् । उनको पछिल्लो वर्षको कमाई १११.८ करोड भइसकेको छ।

अनुष्का शर्मा :

अनुष्का सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको सूचिमा २१ औँ नम्बरमा पर्छिन् । उनी सामजिक संजालमा भने निकै सक्रिय रहन्छिन् । अभिनेत्री तथा प्रोड्युसर अनुष्का शर्माको सन् २०१९ को कमाई २८.६७ करोड थियो ।

कैटरीना कैफ :

उनलाई धनि अभिनेत्रीहरुको सूचिमा २३ औँ नम्बरमा पर्छिन् । उनकाे चर्चा भने निकै छ । बलिउडकी अभिनेत्री कैटरीना कैफको अघिल्लो वर्ष २३.६३ करोड थियो । फिल्ममा काम गर्नुका साथै उनी केही ठूला ब्राण्डका एम्बेसडर पनि हुन् ।

प्रतिक्रिया