बि.सं.२०७७ साल भदौ ३ गते बुधबार ई. सं. २०२० अगस्त १९, नेपाल सम्बत ११४० गुंलागा आमै, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण औंशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, परिधि योग, नाग करण ।
नेपालमा सूर्योदय बिहान ०५:३७ बजे, सूर्यास्त साँझ ६ : ३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ ।
कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर ३७ मिनेट देखि ८ बजेर ५२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । धन मान पाउने योग छ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । नोकरी तथा राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– केही नयाँ काम थाल्ने समय छ । रुपैया पैसाको पनि कारोबार राम्रै होला । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– साथी भाइसित बसेर छलफल र वार्तालाप हुनेछ । कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउँबाट आकस्मिक लाभ हुन सक्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, ट) :– आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसंगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला । परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन् । पाहुनाको आगमन हुने दिन छ
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– परिश्रम गर्न सके जती खेर जादैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ। आज चिताएको काममा सफलता पाइनेछ । धन लाभ पनि हुने दिन छ । कसैबाट समर्थन पनि पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– अनौठो र लाभदायक यात्राको योग छ । अनौठो तरिकाबाट रुपैया पैसा कमाइने छ । पढाइलेखाइमा प्रगति हुनेछ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– सोचे आनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन, सामान्य रोगले पनि सताउला । आर्थिक पक्ष खासै राम्रो छैन नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ, सावधान रहनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– बन्देैन भनेको काम पनि तपाइको अथक प्रयासमा बन्ने दिन छ । आफन्तको सहयोग पनि प्राप्त हुने दिन छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि ) :– आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ । नचिताएको ठाँउबाट आम्दानी हुने दिन छ । आम्दानीका प्रशस्तै बाटाहरु खुल्ने दिन छ । ब्यापार ब्यवसायमा राम्रै आम्दानी हुने दिन छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । पैसा भने अनायसै खर्च होला । कुनै नँया कामको थालनी गर्नु भए राम्रो हुन्छ । परिवारमा आर्थिक समस्याले पनि सताउने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहेर काम गर्नु होला । कसैसंग हल्का मनमुटाव पनि होला । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार आज हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ।
हाल देशका अधिकांश भू-भागमा सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश न. ५ कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा आसपासका भू-भागका मेघ गर्जन साहित केहि स्थानहरु (बढी सक्रिय जिल्लाहरु कन्चनपुर, डडेलधुरा,डोटी,कैलाली, बर्दिया, अछाम,सुर्खेत) मा वर्षा भइरहेको छ।
हाल दिउँसो :- देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका तथा सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
हाल राती :- देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।