काठमाडौं २ भदौ - नायक पल शाह र नायिका वर्षा राउत अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'दिल कमाल भो' बोलको गीतको भिडियोमा पल र वर्षालाई फिचर गरिएको हो ।
सार्वजनिक गीतमा रमेश बानियाँले स्वर दिएका छन् । गीतको शब्द तथा सङ्गीत पनि बानियाँले नै तयार गरेका हुन् । रोमान्टिक शैलीको यस गीतलाई यम थापाले एरेन्ज गरेका हुन् ।
राजिव समरको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियो रोमान्टिक बनाइएको छ । भिडियोमा पल र वर्षा श्रीमान्-श्रीमती बनेका छन् ।
अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् । गीतलाई बिहानी आर्टले बजारमा ल्याएको हो ।