काठमाडौँ २ भदौँ –आफ्नो प्रतिभा र कडा मेहनतका कारण बाल गायक अशोक दर्जीले प्रख्यात र प्रतिभाशाली गायक र संगीत निर्देशक टंक बुढाथोकीको साथ पहिलो गीत ‘मन बि नाको धन’ गाएर लाखौं नेपालीको हृदय कब्जा गरेका थिए र गीत ट्रेंन्डिङमा समेत पुग्न सफल भएको थिए ।
यसरी चर्चित गायक र निर्देशक टंक बुढाथोकीका कारण उनी नेपाली संगीत क्षेत्रमा प्रवेश गरेर सम्पूर्ण दर्शकको मन जित्न सफल भएका हुन् । सानै उमेरदेखि नै परिवारको म र्म बुझेर स्कुल समेत न गई गीत गाएर केही पैसा कमाउने दर्जी अहिले सारा नेपालीको मन मस्तिस्कमा छाइरहेका छन् ।

मन्जुल मितेरी द्धारा रचना गरिएको ‘सुगन्ध’ मा अशोक दर्जीले आफ्नो स्वर दिएका हुन् । यससँगै उनले ‘मन बिनाको धन ठूलो २’ गीतमा पनि आफ्नो स्वर दिन सफल भएका हुन् ।
केही समय अगाडी चर्चामा आइरहने अशोक अहिले के गर्दै होलान् त ? यो प्रश्नको उत्तर कयौँ नेपालीहरुले जान्न खोजेको विषय हो । उनी अहिले एप्पल इन्टरनेश्नल स्कुलमा पढ्छन् । भर्खरै एक महिना अगाडी उनको आफ्नो एकल गीत ‘प्रणाम’ रिलिज भइसकेको छ ।
दर्जीको जन्म वि.सं २०६६ मङ्सिर १५ गते दमक,झापाको भालुखोला भन्ने ठाउँमा भएको हो । उनी पूर्ण दर्जी र ललिता दर्जीका छोरा हुन् ।
दर्जीले ३ बर्षको उमेरदेखि नै गाउन थालेका थिए । उनी पहिल आ र्थिक अ वस्थाका कारण सडक छेउमा गाएर केही पैसा संकलन गर्थे ।
उनी गरीब परिवारमा जन्मेकोले उनको परिवारलाई दिनको दुई पटक खाना खान पनि मु स्किल पर्थ्यो । त्यसकारण उनले आफ्नो स्कुल छोडेर स्थानीय बजारमा गीत गाउन शुरू गरेका थिए ।
अशोक दर्जी फेरि चर्चामा
बाल गायक अशोक दर्जी पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् ।
गायक तथा संगीतकार टंक बुढाथोकीको स्वर रहेको सिम्पल डिम्पल बोलको गीतको म्युजिक भिडियोकोमा उनी देखिएका हुन् । गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ ।

गीतको म्यूजिक भिडियो सार्वजनिक हुनु अगावै सुटिङ स्थलका क्लिपहरुबाटै उनको चर्चा हुन थालेको थियो। भिडियोमा अशोक दर्जी र ए आर बुढाथोकी, एल्भिना, दीक्षा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ । जहाँ अशोक दर्जीले बाइकको पछि केटी राखेर हुइँकिएको देखाइएको छ ।
पूर्वी नेपालका विभिन्न ठाउँमा बा टोमा बसेर गीत गाउँदै आएका दर्जीका गीत युट्युवमा भाइरल बनेपछि उनको उ द्धार गरी गायक तथा संगीतकार बुढाथोकीले आफ्नो सं रक्षणमा राखेका छन् ।