शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

यी बलिउड कलाकारले कोरोना क हरमै झ्याइँ पारे

मंगलवार , भाद्र २, २०७७

काठमाडौँ २ भदौँ – कोरोना भा इरस ति ब्र रुपमा भारतभर फैलिइरहेको छ । तर यही म हामारीको समयमा केहि बलिउड कलाकारले लगनगाठो कसेका छन् ।

फिल्म ‘बाहुबली’मा भल्लालदेवका रुपमा परिचित अभिनेता राणा दग्गुबातीले कोरोना कालमै प्रेमिका मिहीका बजाजसँग इन्गेजमेन्ट गरे । इन्गेजमेन्ट गरेको केही महिनामै उनीहरुले हैदराबादको रामनायडू स्टुडियोमा विवाह गरे ।

टेलिभिजन अभिनेत्री पूजा बनर्जीले पनि आफ्ना प्रेमी कुणाल बर्मासँग कोरोना भाइरसको लकडाउनको समयमा सात फेरा लगाइन् । उनीहरुको विवाह अप्रिल १५ मा हुने तयारी थियो । तर कोरोना क हरका कारण निर्धारित समयमा विवाह हुन सकेन । त्यही कारण विवाहको मिति भन्दा एक महिना अघि नै उनीहरुले विवाह गरे ।

अभिनेत्री नताशा स्तान्कोविक र हार्दिक पाण्डेले आफ्नो विवाहको खबर दिएर सबैलाई आश्चर्यमा पारे । कोरोना भा इरसको लकडाउनको समयमा विवाह गरेपछि उनीहरुले आफूहरु आमाबाबु बन्न लागेको खुलासा नै गरे ।

‘

ससुराल सिमर’ फेम अभिनेता मनीष रायसिंघानी र संगीता चौहानले गुरुद्वारमा विवाह गरे । कोरोना भा इरसलाई वे वास्ता गर्दै यो जोडी सदाका लागि एक भए । उनीहरुको विवाहको तस्बिरले सामाजिक सन्जालमा हंगामा नै मच्चाएको थियो ।

फिल्म ‘इक्कादिकी’को माध्यमबाट दर्शकको तारिफ बटुलेका तेलुगू स्टार निखिल सिद्धार्थ पल्लवी बर्मासँग कोरोना कहरकै बीच विवाह गरे । कोरोना क हर सकिएपछि दुबैले ग्राण्ड पार्टी गर्ने योजना बनाएका छन् ।

‘दीया और बाती हम’ स्टार प्राची तेहलानले यही समयमा दिल्लीका व्यापारी रोहित सरोहासँग विवाह गरिन् । केही समय अघि मात्र उनले विवाहको तस्बिर सामाजिक सन्जालमा सार्वजनिक गरेकी थिइन् ।

तेलुगू सुपरस्टार नितिन रेड्डीले पनि म हामारीका बीच लामो समयदेखिकी प्रेमिका शालिनीसँग विवाह गरे । यो जोडीको विवाह अप्रिलमै हुनुपर्ने थियो, तर ल कडाउन सकिएपछि उनीहरुले जुलाई २६ मा विवाह गरे ।

टेलिभिजन सिरियल ‘दिल तो हैप्पी है जी’मा अभिनय गरिसकेका अभिनेता अंकित शाहले आशिमा नायरसँग जून ३० मा विवाह गरे । कोरोना भा इरसको कारणले अंकितले विवाहको सबै योजना परिवर्तन गर्नु परेको थियो ।

‘बिग बोस २’ र ‘रोडीज–५’ का विजेता आशुतोष कौशिकले ल कडाउनकै बीच अप्रिलमा विवाह गरे । उनले नोयडाको आफ्नो घरको छतमा अ र्पिता तिवारीसँग विवाह गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया