बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सम्पूर्ण ध्यान कोरोनामा देऊ

मंगलवार , भाद्र २, २०७७

सिन्धुलीको विभिन्न स्थानिय तहमा अहिले स टडाउन गरिएको छ । विश्वनै कोरोना भा इरसका कारण आ क्रान्त बनेको अवस्थामा सिन्धुली पनि भा इरसबाट अछुतो छैन । कोरोनाले गर्दा विश्वलाई नै पछिसम्म अ सर पार्ने देखिन्छ । आधिकारीक रुपमा अहिलेसम्म पनि कोरोना भा इरस बि रुद्वको खोप निस्कन सकेको छैन । केहि देशले भने कोरोना भ ाईरसको उपचारकालागि खोप बनाएको बताएपनि विश्व स्वास्थ्य संगठनले त्यसलाई आधिकारीक मानेको छैन । यस्तो अवस्थामा विश्व शक्तिनै अहिले कोरोनावि रुद्ध लागिपरेको छ । शक्तिशालि देश देखि विकासशिल राष्ट्रहरु कोरोनाको रोकथाम र नि यन्त्रणकालागि आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन् । नेपालमा पनि प्रयासहरु नभएका होइनन् । तर, ती प्रयासहरुले रोकथाम र नियन्त्रणमा खासै उपलब्धि हासिल हुन सकेको छैन । तसर्थ, कोरोना वि रुद्ध सम्पूर्ण शक्ति प्रयोग गर्दै नागरिकलाई सु रक्षाको अनुभुति दिन राज्यले विशेष कदम चाल्न जरुरी छ ।

सिन्धुलीमा पनि कोरोना भा इरसको सं क्रमण बढिरहेको छ । सं क्रमितको संख्या बढेसँगै जो खिम बढिरहेको छ । जिल्लाका केहि स्थानिय तहमा स टडाउन समेत गरिएको छ । स टडाउनको समयमा जिल्लाका जनप्रतिनिधिले कोरोना रोकथाम र नि यन्त्रणमा ध्यान केन्द्रित गर्न जरुरी छ । अहिलेको मुख्य समस्या भनेकै कोरोना हो । यो म हामारीका वि रुद्ध आवश्यक कदम नचाल्ने हो र नजरअन्दाज गरिरहने हो भने यसले भ यावह अवस्था सिर्जना गर्छ । तसर्थ, जनप्रतिनिधिले आफूले काम गर्ने अवसर नपाएको भनिरहदा यो उचित समयमा आफ्नो कार्यकौशलता देखाउन जरुरी छ । अतः सिन्धुलीमा कोरोना भा इरसको रोकथाम र नि यन्त्रणकालागि सम्पूर्ण शक्ति प्रयोगमा ल्याउन ढिलाई गर्नुहुदैँन ।

प्रतिक्रिया