शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज भदौ २ गते मंंगलबारको राशिफल र मौसम

मंगलवार , भाद्र २, २०७७

बि.सं.२०७७ साल भदौ २ गते मंंगलबार ई. सं. २०२० अगस्त १८, नेपाल सम्बत ११४० गुंलागा चतुर्दशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण चर्तदशी चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, वरियन योग, शकुनी करण । नेपालमा सूर्योदय बिहान ०५ः३७ बजे, सूर्यास्त साँझ ६ : ३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ३० मिनेट देखि १ बजेर ४६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । रोकिएका अधुरा कामहरु पुरा हुने छन् भने व्यवहारिक समस्याको हल हुनेछ, सामान्यतया दिन राम्रो छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :- रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक स मस्याको समाधान हुने देखिन्छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :- विभिन्न सहयोग र उपहार पाइने छ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । नयाँ काम प्रारम्भ गर्न सकिने छ । प्रतिस्पर्धीलाई पछि पार्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :- हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल क मजोर हुनेछ । जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् । अन्न तथा धनको पनि लाभ होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :- आर्थिक सं कटको निवारण हुनेछ । प्रतिस्पर्धी र श त्रु सक्रिय हुन सक्छन, त्यसैले आँटेका÷ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :- व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :- आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । आम्दानी बढ्नेछ । दिगो फाइदाका लागि लगानी बढाउन सकिने छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । लगनशीलताले प्रसिद्धि दिलाउन सक्छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :- काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुनसक्ने भाग्योन्नति हुन सक्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :- आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :- जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैया पैसाको कारोबार हुने दिन छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :- परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । कामको चापबाट फुर्सद पाइने छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :- बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । आफनो क्षेत्रमा अधिकार जमाउन सकिने छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार आजहाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा वनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ। देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भू-भागका एक दुइ स्थानहरुमा वर्षा भएको छ।

आज दिउँसो :- देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती :- देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भा री वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया