शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

ऋषि पत्नि एलिजाले लहैलहै श्र द्धाञ्जलि दिए पछि

सोमवार , भाद्र १, २०७७

काठमाडौँ,१ भदौ – प्रख्यात चरित्र अभिनेत्री शुभद्रा अधिकारीको नि धन भएको आज एक वर्ष पुग्यो । तर, चलचित्र क्षेत्रकै केही व्यक्तिहरु उनको नि धनबारे हिजोका दिनसम्म बे खबर रहेछन् ।

अभिनेत्री मिथिला शर्मासहित केही कलाकारले स्व र्गीय अधिकारीको वार्षिकीका अवसरमा उनलाई श्र द्धान्जली व्यक्त गर्दै बिहान फेसबुकमा पोष्ट गरेका थिए । तर, एउटा अनलाइनले भने अधिकारीको भर्खरै नि धन भएको जसरी समाचार प्रकाशित गर्यो । अनि सामाजिक सञ्जालमा सुरु भयो ‘रि प’ को वर्षा ।

यस्तो समाचारले सर्वसाधारणमा भ्र म सिर्जना गर्नु अस्वभाविक भएन । तर, चलचित्र क्षेत्रमा नै आवद्ध रहेका व्यक्तिहरु समेत यस्तो समाचारको पछि दौडेर गोहीको आँशु झार्नु चाहिँ बि डम्बना हो । चलचित्र क्षेत्रकी एक हस्तीको नि धन भएको एक वर्षपछि समाचार थाहा पाएर उनीहरु ‘भा वविव्हल’ बनेका छन् ।

एउटा चलचित्रमा नायिका बनेर अभिनय गरेकी एलिजा गौतम (ऋषी धमलाकी पत्नी) ले आज दिउँसो भा वुक बन्दै फेसबुकमा पोष्ट गरिन् ।

उनले लेखेकी थिइन्, ‘उहाँलाई सानैदेखि पर्दामा देखेर ठूला भएका हामी नि धनको खबर सुन्दा साह्रै मन रोयो । हजुरको स्वर्गमा बास होस् । हार्दिक श्र द्धान्जली सुभद्रा अधिकारी दिजु ।’

सुभद्रा अधिकारीलाई पर्दामा देखेर हुर्केकी एलिजालाई एक वर्षअघि नै उनको मृ त्यु भएको थाहै रहेनछ । जब उनलाई फोनहरु र म्यासेजहरु आउन थाले, आफ्नो स्टाटस सच्याउनुको साटो सु टुक्क पोष्ट नै डिलिट गरिदिइन् । उनले अहिलेसम्म आफ्नो ग ल्तिमा क्ष मायाचना गरेकी छैनन् ।

अरु केही ‘लो प्रोफाइल’का कलाकारले पनि अधिकारीको आजै नि धन भएको भनेर पोष्ट गरेको भेटिएको छ । कलाकार सुभाष मेचेले लेखेका छन्, ‘वरिष्ठ कलाकार तथा चरित्र अभिनेत्री सुभद्रा अधिकारीको आज बिहान दुःखद् नि धनको खबरले एकदमै म र्माहत भएको छु ।’

फेसबुकका विभिन्न ग्रुपमा पनि यस्तै आशयमा स्टाटसहरु आएका छन् । रि पको ओइरो लागिरहेको छ । अधिकारीको गत वर्षको साउन ३२ गते निधन भएको थियो । निमोनियाबाट पिडित उनको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी नेपाली चलचित्र उद्योगकै प्रख्यात चरित्र अभिनेत्री हुन् ।

प्रतिक्रिया