शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

नेकपा सचिवालय बैठकमा बामदेवको आ त्ति

सोमवार , भाद्र १, २०७७

काठमाडौँ,१ भदौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा उपाध्यक्ष बामदेव गौतमले कार्यदल गठनप्रति आ पत्ति जनाएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले कार्यदल गठनमा आ पत्ति जनाएका हुन् ।

एक सचिवालय सदस्यका अनुसार उपाध्यक्ष गौतमले कार्यदल बनाएकोमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको रा जीनामासमेत मागे । उनले बैठकमा भने, 'के आधारमा कार्यदल बनाइयो ? अध्यक्षद्वय अ सफल भएको हो भने रा जीनामा दिनुपर्छ । सचिवालयका अन्य सदस्य पनि अ सफल भएका हुन् ? हामीले नसके अन्य सदस्यलाई जिम्मेवारी दिनुपर्छ । हामीले किन सकेनौँ । यो कार्यदल बनाएकोमा मेरो आ पत्ति छ ।'

उपाध्यक्ष गौतमले अध्यक्षद्वयले असीमित अधिकार प्रयोग गरेको पनि आ रोप लगाए । उनले भने, 'हामी आफैले गर्न सक्ने काम किन गर्न सकेनौँ । विधि र प्रक्रिया अनुसार छलफल गरेर मात्र बनाउनु पर्थ्यो । अ सीमित अधिकार कस्ले दियो ? अब कार्यदलमा भएका साथीहरुलाई पनि सचिवालयमा ल्याउनु पर्यो । हामी भन्दा पनि ती साथीहरु माथि भए ।'

अर्का सचिवालय सदस्यले उपाध्यक्ष गौतमले आफ्नो एजेण्डा भएकाले कार्यदल पनि आफ्नै नेतृत्वमा हुनु पर्थ्यो भनेर टिप्पणी गरेको जानकारी दिए । विधि र प्रक्रियाको कुरा गरे पनि गौतमले आफू कार्यदलको संयोजक बन्न नपाएकोमा अ सन्तुष्टि स्वरुप बैठकमा सबैजना अ सफल भएको टिप्पणी गरेका ती नेताको भनाइ छ ।

प्रतिक्रिया