एजेन्सी -रिलिजको संघारमा रहेको फिल्म ‘सडक टु’ को गीत ‘तुम से ही’ गीत रिलिज भएको छ । ट्रेलर सार्वजनिक भएपछि एकपटक यो गीतमाथि मानिसहरुको रो ष पोखिएको छ । समाचार तयार पार्दासम्म यो गीतले ४८ लाख भ्यू पाइसकेको छ भने ९८ हजारले यो गीतलाई लाइक गरेका छन् । यद्यपि, भिडियोमा ३ लाख ९३ हजार डि सलाइक गरेका छन् ।
यो गीतले आदित्य रोय कपुर र आलिया भट्टको पात्रलाई नजिकबाट चिन्ने मौका प्रदान गर्छ । तर एक हदसम्म यो गीतको भिडियो नि राश पारिदिने किसिमको छ किनभने यहाँ आदित्य रोय कपुरको भूमिका दोहोरिएको जस्तो देखिन्छ ।
‘तुम से ही’ मा आदित्य रोय कपुर एक त नावमा भएका गायकको रुपमा छन् जुन आशिकी टुमा अत्यधिक र क्सी पिइरहेको देखिन्थे । तर यो गीतमा उनी एक्लोपनसँग जु धिरहेको देखिएका छन् । जस्तै राहुल जयकरले ‘आशिकी टु’ मा प्रेमिका आरोहीसँग दुरी बनाए त्यसरी नै ‘सडक टु’ मा उनी प्रेमिका अरायासँग टाढा भएका छन् ।