शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रुसले बनाएको को रोना वि रुद्धको खोप कति वि श्‍वसनीय ?

आइतवार , श्रावण ३२, २०७७

काठमाडौं,३२ साउन – "रुस पहिलो देश हो, जसले को भिड-१९ विरुद्धको 'रोग प्र तिरोधी' एउटा खोप दर्ता गरेको छ," रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार अर्थात अगस्त ११ मा भने । राष्ट्रपति पुटिनले उक्त खोप सु रक्षाका दृष्टिकोणले प्रभावकारी भएको र त्यसले प्र तिरोधी क्ष मतालाई बलियो बनाएको दाबी गरे ।

दुई छोरीका बाबु पुटिनले आफ्नी एउटी छोरीलाई पनि उक्त खोप दिइएको बताए । तर, कुन छोरीलाई दिइयो भन्‍ने केही खुलाइएको छैन । ठूलो स्तरमा मानिसमा परीक्षण गर्न बाँकी भए पनि सरकारले उक्त खोपको प्रयोगलाई औपचारिक मान्यता दिएको हो । जामालेय सेन्टर र रुसी रक्षा मन्त्रालयको सहकार्यमा विकास गरिएको यो खोप प रीक्षणको करिब दुई महिनासम्म मानिसमा प रीक्षण गर्दा सकारात्मक परिणाम आएको रुसले जनाएको छ । रुसी स्वा स्थ्य मन्त्रालयमा दर्ता गरिएको खोप आ पतकालीन प्रयोगका लागि मात्रै स्वीकृति दिइएको दी कन्भरसेसनले जनाएको छ ।

दी कन्भरसेसनले लेखेको छ, "तर, यो रुसी नागरिकहरुलाई बृहतमात्रामा खोप कार्यक्रम सुरु गर्ने भन्‍ने समाचारहरु पनि आइरहेका छन् । कुनै पनि खोप बृहतरुपमा प्रयोगमा आउनुअघि नै यसको प्रभावकारिता र सु रक्षाका दृष्टिले कति महत्वपूर्ण छ भन्‍ने यकिन गर्नुपर्ने हुन्छ ।"

विश्व स्वास्थ्य संगठनले कोरोना वि रुद्धको रुसी खोप प रीक्षणको तेस्रो चरण चलिरहेको सयमा रुसले कोरोना वि रुद्धको खोप विकासमा जारी गरिएका सु रक्षाका मापदण्डहरु पालना गर्न आग्रह गरेको थियो । रुसले खोप विकास गरेर सु रक्षित भएको भन्दै दर्ता गरिसकेपछि भने यस विषयमा वि श्व स्वास्थ्य संगठन बोलेको छैन ।

रुसले कोरोना वि रुद्धको खोप परीक्षणको तेस्रो चरणको अन्तिमतिर केही पश्‍चिमा मुलुहरुले आफ्‍नो कोरोना वि रुद्धो खोपको अ नुसन्धानमा जा सुसी गरेको आ रोप लगाएका थिए । उक्त आ रोप रुसले खारेज गरेको थियो । हाल तीनै पश्‍चिमा मुलुकहरुले रुसले विकास गरेको उक्त खोपप्रति आ शंका व्यक्त गरेका छन् । उनीहरूले रुसी अनुसन्धानकर्ताहरूले खोप परीक्षणको विधि पूरा नगरेको आ शंका व्यक्त गरेका छन् ।

अमेरिकी र युरोपियन भन्छन् - सा वधान रहनू

रुसले उक्त खोप परीक्षणको नतिजा सार्वजनिक गरेको छैन, केवल एकहोरो दाबी प्रस्तुत गरिरहेको छ । रुसले विकास गरेको खोपप्रति विशेषगरी युरोप र अमेरिकाले आ शंका गरेको छ । अमेरिका, जर्मनी, फ्रान्स, स्पेनलगायतका मुलुकका वैज्ञानिकहरुले पनि रुसले बनाएको खोपप्रति सा वधानी अपनाउन आग्रह गरेका छन् ।

ती मुलुकहरुका स्वास्थ्य विज्ञसहित सञ्‍चारमाध्यमहरुले पनि उक्त खोपप्रति आ शंका गरेका छन् । जर्मनीका स्वास्थ्य मन्त्री जेन्‍स साफन्सले स्थानीय सञ्‍चारमाध्यमसँगको अन्तर्वार्ताका क्रममा उक्त खोपको राम्ररी परीक्षण नभएकोप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

उनले भने, "यति चाँडै लाखौं मानिसहरुलाई खोप दिनु ख तरापूर्ण हुन्छ । किनभने यो खो पको राम्रोसँग परीक्षण भएको छैन । यसले अधिकांश मानिसको ज्या न लिन सक्छ । हामीलाई जानकारीमा आएसम्म यो खोपको परीक्षणमा धेरै कुराहरु छुटेका छन् । यो पर्याप्त परीक्षण गरिएको छैन । महत्वपूर्ण कुरा पहिलो हुनेभन्दा पनि सु रक्षति हुने हो ।"

त्यसैगरी फ्रेन्च नेशनल सेन्टरका वैज्ञानिक अनुसन्धानकर्ता इसाबेला इम्बेर्टले यति चाँडै खोप विकास गरेर प्रयोगमा ल्याउनु निकै ख तरापूर्ण हुने बताएकी छन् । उनले भनिन्, "रुसले प्रयोग गरेको क्लिनिकल परीक्षण विधिको नतिजाबारेमा हामी जानकार छैनौं ।"

त्यसैगरी अमेरिकाका भा इरस विज्ञ डा. एन्थोनी फाउचीले रुसी खोपको दाबी शं कास्पद भएको बताएका छन् । उनले भने, "मलाई आशा छ कि रुसले वास्तवमै यो खोपको सु रक्षा र प्रभावकारिता प्रमाणित गरेको हुन्छ । तर, मेरो रुसको दाबीप्रति ग म्भीर आ शंका छ ।"

रुस भन्छ - विदेशी साथीहरुका प्रतिक्रिया आधारहीन

अमेरिका र युरोपियन मुलुकहरुले कोरोना वि रुद्धको रुसी खोपप्रति आशंका व्यक्त भइरहेका बेला रुसले भने उक्त आ शंका आधारहीन भएको बताएको छ । रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरासकोले भने, "यस्तो देखिन्छ कि हाम्रा विदेशी साथीहरूले रूसी खो पसँग प्रतिस्पर्धा गर्न नसकेकोप्रति व्यक्त भएका कुण्ठायुक्त धारणाहरु हुन् । उक्त धारणाहरु आ धारहीन छन् ।"

उनले रुसी खोपको सु रक्षाप्रति अभिव्यक्त धारणाहरु आधारहीन भएकोले उक्त धारणाहरुमा विश्वास नगर्न आग्रहसमेत गरेका छन् । रुसले दुई साताभित्रै कोभिड-१९ वि रुद्धको खोपको प्रयोगको पहिलो चरण सुरु हुने रुसी विज्ञहरुले बताएका छन् ।

रुसले राखेको प्रस्ताव अमेरिकाद्वारा अ स्वीकार

रुसले कोरोनाविरुद्धको लडाइँमा अमेरिकालाई राखेको सहयोगको प्रस्ताव अमेरिकाद्वारा अ स्वीकार गरिएको सीएनएनले जनाएको छ । सीएनएनले लेखेको छ, "मस्कोस्थिति रुसी अधिकारी सीएनएनलाई बताए कि रुसले कोभिड-१९ को प्रभावकारी खोप र उपचारका लागि अमेरिकाको 'अ परेसन र्‍याप स्पिड' (ओडब्लूएस) सँग 'सहकार्य' को प्रस्ताव गरेको छ ।"

तर, तत्काल रुसी स्वास्थ्य सहायतका लागि 'अमेरिका खुला भइनसकेको' बताइएको छ । "अमेरिकातर्फबाट रुसमाथि अ विश्वास रहेको देखिन्छ । यही अ विश्वासका कारण रुसले खोप विकासमा प्रयोग गरेका प्रविधि, परीक्षण र उपचार विधिलाई आत्मसाथ गरिएको छैन, " एक रुसी अधिकारीले सीएनएनलाई भने ।

अमेरिकी जनस्वास्थ्य अधिकारीले भने, "मानिसको त कुरा छोड्‍नुस्, अमेरिकाले यो खोप आफ्ना मुलुकको बाँदरमासमेत प्रयोग गर्दैन ।"

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केलेग म्याकइन्यानीले राष्ट्रपति डोनाल्ड ट्रम्ले नियमित प्रेस ब्रिफिङका क्रममा रुसी खोपको बारेमा जानकारी गराएको बताएकी छन् । उनले अमेकी खोप तेस्रो तरणमा छ र उच्च गुणस्तरको रहेकोसमेत बताएकी छन् ।"

विभिन्‍न मुलकद्वारा रुसी खोपको माग

रुसले भने विभिन्‍न देशबाट उक्त खोपको एक अर्ब मात्रा माग आइसकेको दाबी गरेको छ । अहिले विश्वमा विभिन्‍न देशमा समानान्तर रूपमा दर्जनौं खोपको निर्माण र केहीको मानवमा परीक्षण गर्ने काम भइरहेको छ । यसबीच रुसले उक्त खोप विकास गरेर प्रयोगमा ल्याउने बताएसँगै फिलिपिन्स, ब्राजिललगायतका विभिन्‍न मुलुकहरुले उक्त खोपको माग गरेका छन् ।

रुसी खोपको सु रक्षाका विषयमा विभिन्‍न टिकाटिप्पणी भइरहेका बेला फिलिपिन्सका राष्ट्रपति रोड्रिगो ड्युटरेटले स्वागत गर्दै आफूमा प्रयोग गर्न प्रस्ताव गरेका छन । फिलिपिन्सका स्वास्थ्य सहायकमन्त्री रोसारिओ भेरगाइरले फिलिपिन्सका अनुसन्धा अधिकारीहरुले जामालेय सेन्टरका प्रतिनिधिसँग भेट गर्ने र खोपको पूर्ण मात्राको विषयमा छलफल गर्ने बताएका छन् ।

त्यसैगरी कोरोना सं क्रमणबाट निकै प्रभावित भएको ब्राजिलले भने उक्त खोप उत्पादनसम्बन्धी सम्झौता गर्न लागेको बताइएको छ । ब्राजिलको पारना राज्यले रुससँग मिलेर उक्त कोभिड-१९ विरुद्धको खोप उत्पादन गर्न तयार रहेकव र चाँडै सम्झौता हुने बताएको छ ।

'स्वतन्त्र विश्लेषणका लागि पर्याप्त जानकारी छैन'

बीबीसी स्वास्थ्य संवाददाता फर्गल्स वल्सले कोरोनाविरुद्धको यस खोपको स्वतन्त्र विश्लेषणका लागि पर्याप्त जानकारी अभाव भएको बताएका छन् । विभिन्‍न मुलुहरुले विकास गरिरहेका खोपको विवरण र परीक्षणको नतिजा सार्वजनिक गरेजस्तो जामालेया इन्स्टिट्यूले आफ्नो अध्ययनको कुनै सुरक्षा र प्रतिरोध क्षमतासम्बन्धी तथ्यांक सार्वजनिक गरेको छैन ।

त्यसले गर्दा स्वतन्त्र वैज्ञानिकहरूलाई यसको विश्लेषण गर्न असम्भव हुन्छ । "राष्ट्रपति पुटिनमा रुसी विज्ञानको क्षमतासम्बन्धी विश्वलाई स्पष्ट सन्देश दिने व्यग्रता छ," उनले भने, "तर पहिलो हुनु मात्रै पर्याप्त छैन ।" अहिले बन्ने क्रममा रहेका कुनै कोभिड-१९ का खोपले कोरोना भा इरस वि रुद्ध सुरक्षा प्रदान गर्न र विश्‍वास दिलाउन नसकेको उनले बताएका छन् ।

प्रतिक्रिया