सिन्धुलिमा पछिल्लो समय कोरोना सं क्रमितको संख्या बढिरहेको छ । पिसिआर परिक्षणको दायरा बढेसँगै कोरोना सं क्रमितको संख्या पनि बढेको छ । हाल सिन्धुलीमा १६ जना कोरोना सं क्रमित छन् । एक सय बढिको कोरोना रिपोर्ट आउन बाँकी छ । जिल्लामा कोरोना सं क्रमितको संख्या बढ्ने सक्ने अनुमान लगाउन सकिन्छ । अहिले पनि भारत लगायत अन्य जिल्लाबाट सिन्धुली प्रवेश गर्नेको संख्यामा कमि आएको छैन । युवाहरु त झनै ला गु औष् ाधकालागि नेपाल–भारत सिमा सम्म पुग्ने गरेका छन् । कोरोना वि रुद्ध सावधानि नअपनाउँदै जोखिम बढि हुन्छ । यी सबै कुरालाई मध्यनजर गर्दै सरोकारवाला निकायले कोरोना सं क्रमित व्यक्तिलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ विशेष जोड दिन आवश्यक छ । त्यसैगरि, एपोलो अस्पतालमा २५ बेडको आईशोलेशन वार्ड निर्माण गरिएको छ । सिन्धुलीमा २५ जना बढि सं क्रमित भेटिए कहाँ लगेर उपचार गर्ने भनेर चि न्ता गर्नु परेको अवस्था छ । तसर्थ, सरोकारवाला निकायले कोरोना वि रुद्ध लड्न बृहत पूर्वतयारी गर्न जरुरी छ ।
जिल्लामा एकै व्यक्तिको दुई पटकसम्म कोरोना परिक्षण गरिएको खबरहरु पनि आएको छ । पिसिआरबाट परिक्षणकालागि देशभर दायरा कम छ । कन्ट्याक ट्रेसिङमा आएका व्यक्ति लगायत संभावित व्यक्तिहरुको परिक्षण गरिनुपर्छ । तर, जिल्लामा आफ्नो सु रक्षाकालागि भन्दै प्रभावित व्यक्तिको परिक्षणमा भने हेलचेक्राई गरिएको छ । तसर्थ, कोरोना वि रुद्ध लड्न जिम्मेवार निकायले पूर्वतयारीलाई विशेष जोड दिन आवश्यक छ । त्यस्तै, परिक्षणको दायरालाई बढाउन पनि पहल गर्न जरुरी छ ।