शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

‘रजतपट’ कार्यक्रममा नजान भनेपछि अभिनेत्री करिष्मा र नम्रताको असन्तुष्टि

आइतवार , श्रावण ३२, २०७७

काठमाडौं,३२ साउन –एपिवान टेलिभिजनमा प्रसारीत कार्यक्रम ‘रजतपट’मा पत्रकार प्रकाश सुवेदीले बोलेको एउटा अभिव्यक्ति प्रति निकै आ लोचना भयो । ‘मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने त्यो पनि दारा निस्किएको अनुहारलाई’ भन्ने सुवेदिको अभिव्यक्ति आफुलाई लक्षित गरेर भनेको भन्दै नायिका पूजा शर्माले चलचित्र संग सम्बन्धित संघसस्थामा मुद्धा समेत हालिन् । यस्तैमा, चलचित्रसँग सम्बन्धित ६ संघसंस्था एकताबद्ध हुँदै उक्त कार्यक्रममा सहभागि नहुन आग्रह गरेका छन् ।

दुबै पक्षबीच सहमति नभएसम्म अथवा कानुनमार्फत समास्या नसुल्झिएसम्म कलाकारलाई कार्यक्रम रजतपट र ग्ल्यामर गफमा सहभागी नहुन आग्रह गरेका हुन् । चलचित्र कलाकार संघ, निर्माता संघ, निर्देशक समाज, प्राविधिक संघ, चलचित्र द्वन्द्व समाज, चलचित्र नृत्य संघले सामुहिक रुपमा रजतपटको विरोधमा हस्ताक्षर गरेपछी भने संघसस्थाकै विरोध हुन थालेको छ ।

संघ संस्थाकै पदाधिकारीहरु समेत सन्तुष्ट छैनन् । यता कलाकारहरु समेत यो निर्णय प्रती असन्तुष्ट देखिएका छन् । अभिनेत्री करिष्मा मानन्धरले यसबारेमा “कुनै पनि समस्याको समाधान शान्तिपुर्ण बार्ताबाट भएमा त्यस्को दिगो अन्त्य हुन्छ” भन्दै फेसबुकमा स्ट्याटस लेखेकी छन् । यस्तै उनले “निषेध या प्रतिबन्ध थप समस्याको बीउ रोप्नु जस्तै हो” भनेर उनले असन्तुष्टि झल्किने स्ट्याटस लेखेकी छन् ।

यता अर्कि नायिका नम्रता सापकोटाले पनि एक स्ट्याटस यसै बिषय प्रती लक्षित गर्दै लेखेकी छन् । उनले आफ्नो फेसबुकमा ‘आफ्नो बिचार राख्नु एकदमै सहि कुरा हो । तर अरुले पनि त्यही गर्नुपर्छ भनेर अर्डर दिनु चै कत्तिको जायज हुन्छ ?’ भन्दै प्रश्न तेर्स्याएकी छन् । उनको यो भनाई सुवेदीको कार्यक्रममा नजान ६ संघ सस्थाले गरेको आग्रहप्रती लक्षित छ । यस्तै उनले थप लेख्दै ‘कुनै पनि कार्यक्रममा जाने नजाने ब्यक्तिगत स्वतन्त्रताको कुरा हो’ समेत भनेकी छन् ।

प्रतिक्रिया