शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज साउन ३२ गते आइतबारको राशिफल र मौसम

आइतवार , श्रावण ३२, २०७७

बि.सं.२०७७ साल साउन ३२ गते आइतबार ई. सं. २०२० अगस्त १६, नेपाल सम्बत ११४० गुंलागा द्धादशी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण द्धादशी चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, वज्र योग, तैतल करण । नेपालमा सूर्योदय बिहान ०५ः३६ बजे, सूर्यास्त साँझ ६ : ४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको मिथुन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घीउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ८ बजेर ५२ मिनेट देखि १२ बजेर ८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– रोकिएका कामलाई पुनः सुरु गर्ने वातावरण मिल्नेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन् । अरुले तपाइको तारिफ गर्न सक्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– केही खर्च लागे पनि सोचेको काम बन्नेछ । नयाँ कामको थालनी आज नगर्नु होला । अनुकूल स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । सोच्दै नसोचेको ठाँउमा पैसा जाने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । नयाँ कामको अवसर पनि मिल्ला । अँँन्नको लाभ पनि हुने दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ ।।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– समयमा हो सियार बन्न नसक्दा खर्च मात्र हुनेछ । आम्दानीका तुलनामा खर्चको मात्रा बढ्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने छ । परिवारजनसँग भावनात्मक दूरी बढ्न सक्छ ।

।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । रोकिएका कामहरु बन्नेछन् । धनको प्राप्ती पनि होला । स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आस मारेको फल पुनः प्राप्त हुन सक्छ । गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान । सहयोगीहरूले राम्रै साथ दिनेछन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– राम्रोसँग कमाई हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ । धन लाभ पनि होला । व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन् । नसोचेको ठाँउबाट केहि लाभ होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला । ब्यापार भने ठिकै मात्र छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– शरिरमा आलस्यता छाउने देखिन्छ । कसैसंग सामान्य बा दविवाद पर्ने देखिन्छ । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, यसले खर्च पनि गराउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– मान सम्मान मिल्नेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका पनि पाइनेछ । हा नी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागिरमा पनि स मस्या देखा पर्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– धार्मिक काममा मन जानेछ । काममा उत्साहजनक समय छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोगिएर काम गर्नु होला ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने छ ।

मनसुनी न्यून चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेकाले मनसुनी गतिविधि केही निष्क्रिय रहेको छ। तर बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएको मौसमविदले बताएका छन् ।

अहिले देशभर आंशिकदेखि समान्य बदली रहेको छ ।

आज दिउँसो :- देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती :- देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया