शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

बलेले सम्झौता भएको ५ वटा म्युजिक भिडियो छोडे 

शनिवार , श्रावण ३१, २०७७

काठमाडौं ३१ साउन - ल कडाउन भएको ४ महिनापछि सरकारले केहि खुकुलो पारेको थियो । यस अवधिमा म्युजिक भिडियोको छायाँङ्कन धमाधम भए । यस अवधिमा गीत संगीतको रेकर्ड हुनुका साथै छायाँङ्कन पनि साथ साथै भए । ल कडाउनमा आर्थिक अवस्था ठ प्प भएका प्राविधिक तथा कलाकारको आर्थिकमा केहि सहजता थपियो ।

म्युजिक भिडियो धमाधम बनेपछि चलेका कलाकारहरु पनि भिडियोमा ब्यस्त भए । यहि लकडाउन खुकुलो भएको समयमा म्युजिक भिडियोमा ब्यस्त बनेका सागर लम्साल अर्थात सक्की गोनी सिरियलका बले । उनले अव केहि समय म्युजिक भिडियो नगर्ने बताएका छन् । काठमाडौमा कोरोना सं क्रमतिको संख्या बढेसँगै सरकारले थप कडाई गरेका कारण म्युजिक भिडियो नखेल्ने बताएका छन् ।

सरकारले गरेको थप कडाई र राजधानीमा बढेको अत्यधिक कोरोना सं क्रमितको कारण अहिलेलाई भिडियो खेल्न बन्द गरेको सागरले बताए ।

हालै दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेका सागरको हातमा अझैँ सम्झौता भएको ५ वटा म्युजिक भिडियोको पनि नगर्ने बताएका छन् । उनले कोरोना सं क्रमित ह्यात्तै बढेको र तत्काल छायांकन गर्ने अवस्था नरहेको उनको भनाई छ ।

उनले फेसबुकमार्फत पनि जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘ सरकारले पनि नि षेधआज्ञा जारी गरेकाले सरकारको निर्णयलाई पुर्ण समर्थन गर्दै तत्कालका लागि तय भैसकेका सम्पुर्ण गीतको छायांकन पनि नगर्ने जानकारी गराउछु ।’

प्रतिक्रिया