सिन्धुलीमा पछिल्लो समय कोरोना सं क्रमितको संख्या बढिरहेको छ । पिसिआर परिक्षणको दायरा बढाएसँगै जिल्लाको विभिन्न स्थानिय तहका व्यक्तिमा कोरोना सं क्रमण देखिएको छ । विश्वभरनै कोरोना सं क्रमण फैलिरहेको अवस्थामा नेपाल पनि अछुतो छैन । कोरोना सं क्रमित भेटिएपछि सिन्धुलीमा जोखिम बढेको छ । तर, सं क्रमित परिवारलाई तिरस्कार गरेर जोखिम घट्ने भन्ने होइन । जिल्लामा पछिल्लो समय कोरोना सं क्रमितका परिवार माथि अपहेलनाका घट्ना बढेको छ । सं क्रमित व्यक्ति आफैँले चाहेर सं क्रमण भएको होइन । परिस्थीति बहसले उनीहरु सं क्रमणको सिकार बनेका हुन् । उनीहरुलाई अपहेलन गरेर समाजमा तिरस्कारको पात्र बनाउनु उचित होइन । सं क्रमितको उपचारकालागि सम्बन्धित निकायले पहल गर्छनै । उनीहरुको परिवारलाई ति रस्कार गरेर वा ब हिस्कार गरेर स मस्याको समाधान हुदैँन । बरु, कन्ट्याक ट्रेसिङ गरेर सं क्रमित व्यक्तिको नजिक रहेका व्यक्तिलाई पिसिआर परिक्षण गर्नतर्फ जिम्मेवार निकायले पहल गर्न जरुरी छ । त्यसैगरि, सरोकारवाला निकायले कोरोना सं क्रमणले गर्दा समाजमा निम्ताएको समस्या समाधानमा जोड गर्नुपर्दछ ।
जिल्लामा अहोरात्र खटिएका स्वास्थ्य कर्मचारीमाथि पनि अ पहेलनका समाचारहरु आएको छ । उनीहरुलाई छिछि दुरदुर गर्नेको संख्या पनि बढ्दो छ । वास्तवमा, उनीहरु ती व्यक्ति हुन् जसले आफ्नो स्वास्थ्य जोखिममा राखेर सर्वसाधरणको उपचारमा खटिएका छन् । हालसम्म जिल्लामा देखिएका कोरोना सं क्रमित कोहि क्वारेन्टिनमा बसेका त कोहि घरमै सुरक्षित बस्दै आएकाहरु नै छन् । तर, समाजमा यी कुराहरुलाई नजरअन्दाज गर्दै सं क्रमितको परिवारमाथि मानसिक तनाब थप्ने क्रम बढिरहेको छ । कोरोनाको महामारीमा अपहेलन, तिरस्कार र हेला भन्दा पनि माया र एक्यबद्धता आवश्यक छ । अहिलेको समयमा एकले अर्कोलाई दोश थुपार्ने वा आरोप लगाउने भन्दा पनि कसरी समाजबाट कोरोनाविरुद्ध लड्ने भनेर जुट्न जरुरी छ । तसर्थ, सं क्रमित व्यक्ति वा परिवारलाई अपहेलन गर्नुहुदैँन र सुमधुर वातावरण बनाउन सम्बन्धित निकायले विशेष जोड दिन आवश्यक छ ।
सिन्धुलीमा कोरोना सं क्रमित व्यक्तिको गोप्नीयता राख्न सरोकारवाला निकाय गम्भिर देखिएको छैन । सं क्रमित व्यक्ति सार्वजनिक गरेर समाजमा त्रा स फैलाउने क्रम बढिरहेको छ । सं क्रमितको गोपनीयता कायम गर्न जिम्मेवार निकाय ग म्भिर हुन जरुरी छ । सं क्रमित व्यक्ति भेटिएमा कसरी गोप्य रुपमा उनीहरुको परिवारलाई उद्धार गर्ने र समाजलाई सुरक्षित राख्ने भन्ने तर्फ जिम्मेवार निकायले गृहकार्य गर्न आवश्यक छ । अतः कोरोना रोकथाम र नियन्त्रणमा सिन्धुलीका जिम्मेवार निकाय कच्चा देखिएको अवस्थामा थप सुधार गर्दै कोरोनाविरुद्ध ल ड्न तत्पर हुनुपर्दछ ।